coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पुलिसले लियो बदला

झापा- नेपाली फुटबलको सदाबहार टोली नेपाल पुलिस क्लब शनिबार सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। उद्घाटन खेलमा आयोजक सुरुङ्गा-११ लाई ४-० ले हराउँदै पुलिस अगाडि बढेको हो।

अघिल्लो साता नारायणगढमा २–१ ले हार बेहोरेको पुलिसले सुरुङ्गासँग उसकै मैदानमा बदला लिएको छ। ‘चितवनमा बेहोरेको हारको बदला घरेलु मैदानमा लिन पाउँदा खुसी छौं’, पुलिसका प्रशिक्षक कुमार कटवालले भने, ‘टाढा आएर खेलाडीलाई एडजस्ट हुन समय लाग्थ्यो, हाम्रा खेलाडीले राम्रो नतिजा निकालेर उत्कृष्ट सुरुआत गरेका छन्।’

उनले पुलिस टोली सम्हालेको१० दिन पुग्दैछ। पहिलो खेलमै सफलता हात पर्दा आफू उत्साही भएको उनले बताए।

घरेलु दर्शकको समर्थनका बाबजुद शनिबार पुलिस एकतर्फीआयोजकमाथि हाबी भयो। चौथो मिनेटमै पुलिसका दिनेश गुरुङले गोल गरेर टोलीलाई अग्रता दिलाए। डी बक्समा विपक्षी रक्षापंक्तिका खेलाडी झुक्किँदा दिनेशले कुनै गल्ती गरेनन्। बलले जाली चुमिसक्दा मात्रै आयोजकका गोलरक्षक मनोज प्रधान हेरेको हेर्‍यै भए। १९ औं मिनेटमा पुलिसका नीरकुमार राईले वान भर्सेज वानको अवसर खेर फाले। रक्षापंक्तिका खेलाडी बिट भइसकेको अवस्थामा नीरकुमारले बललाई पोस्ट बाहिर हाने।

खेलको २९औं मिनेटमा पुलिसका तेज तामाङले गोल अग्रता दोब्बर बनाए। भोला सिलवालको पाससदुपयोग गर्दै तेज गोल गर्न सफल भए।  २–० ले पछि परेपछि आयोजक धर्मरायो। टोलीले पाएका अवसर पनि सदुपयोग गर्न सकेन।सुरुङ्गा दोस्रो हाफमा झनै कमजोर बन्यो। ५० औं मिनेटमा नीरकुमारले गोल थपेका थिए। मैदानको मध्य भागबाट तीन विपक्षी खेलाडीबिट गर्दै कप्तान जुमानु राईले बक्स नजिकै मिलाइदिएको पासमा 'अनमार्क' नीरकुमारले अवसर खेर फालेनन्। खेलको म्यान अफ दी म्याच उनै भए। लगत्तै ५४औं मिनेटमा जुमानुले अर्को गोल गरेर खेललाई ४–० को फराकिलो अवस्थामा पुर्‍याए। फ्रेन्ड्स अफ जापानसँगमैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीमा रहेका पुलिसका रविन श्रेष्ठ र सुमन लामा लागि शनिबार अनुपस्थित रहे। उनीहरूले अबको खेल खेल्ने पुलिसले जनाएको छ।

आयोजक सुरुङ्गाले खेलको अन्तिममा गोल फर्काउने निश्चित अवसर पाएको थियो। पुलिसका दिनेश राजवंशीले डी बक्समा ह्याण्ड गरेपछि आयोजकले पेनाल्टी पायो। इन्जुरी टाइममा पाएको पेनाल्टी प्रहार गर्न कप्तान प्रशान्त तामाङ अघि सरे। उनको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले सजिलै जोगाए।

आयोजकका प्रशिक्षक दिलकुमार कार्कीले रक्षापंक्तिको कमजोरीका कारण फरकिलो हार बेहोर्नुपरेको बताए। ‘हामीले राम्रै खेलेका हौं,' उनले भने, ‘पुलिस नेपालको बलियो र अनुभवी टोली हो। उसले झनै राम्रो खेल्यो र हकलाग्दो जित निकाल्यो।’

सुरुङ्गा जेसिजले आयोजना गरेको गोल्डकपको चौथो संस्करणलाई सहारा नेपालले प्रायोजन गरेको छ।

नेपालका ए डिभिजनका ८ टोली सहभागी प्रतियोगिताविजेताले ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले २ लाख ५१ हजार १ सय ११ रुपैयाँ पाउनेछन्।

आइतबार त्रिभुवन आर्मी र रुपन्देही–११ बीचप्रतिस्पर्धा हुनेछ।

प्रकाशित: ५ मंसिर २०७३ ०४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App