coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

माने र सालाहको उत्कृष्ट प्रदर्शन

काठमाडौं – साडियो माने र मोहम्मद सालाहको उत्कृष्ट प्रदर्शनप्रेरित लिभरपुलले इङ्लिस प्रिमियर लिगमा शतप्रतिशत नतिजालाई पाँचाैँ खेलसम्म निरन्तरता दिएको छ।

प्रिमियर लिगअन्तर्गत शनिबार घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलले न्युक्यासलमाथि ३–१ को सहज जित हात पारेको हो। खेलको साताैँ मिनेटमा येर्टो जेट्रो विलियम्सले न्युक्यासललाई अग्रता दिलाएका थिए। मानेले २८औं मिनेटमा बललाई जाली चुमाउँदै लिभरपुललाई खेलमा फर्काएका थिए। मध्यान्तर हुनु ५ मिनेटअघि मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई खेलमा अघि बढाएका थिए।

७२औं मिनेटमा सालाहले बललाई जाली चुमाउँदै लिभरपुलको अग्रता ३–१ मा पु¥याए। यस जितपछि ५ खेलमा १५ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा यथावत् छ। न्युक्यासल भने समान ५ खेलमा ४ अंकका साथ १६औं स्थानमा छ। न्युक्सालले जारी सिजन एक मात्र जित हात पारेको छ। न्युक्यासलले टोटेनह्यामलाई स्तब्ध पारेको थियो। साबिक विजेता लिभरपुलले मंगलबार इटालियन सिरी ‘ए’ क्लब नेपोलीको सामना गर्दै च्याम्पियन्स लिगको सुरुआत गर्नेछ।

 

 

 

प्रकाशित: २९ भाद्र २०७६ ०२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App