८ वैशाख २०८१ शनिबार
राजनीति

तरुण दलको भाँडभलौ सतहमै छताछुल्ल

काठमाडाैं- नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलमा मच्चिएको भाँडभलौ सतहमै आएको छ। अध्यक्ष र महासचिव एकले अर्कोलाई कारवाहि गरेको पत्र नै बाहिरिएको छ।

तरुण दलले पदीय मर्यादा र जिम्मेवारी विपरीतका गतिविधि गरेको भन्दै सङ्गठनका महासचिव भुपेन्द्रजङ्ग शाहीलाई साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाएको छ। 

शाहीले तरुण दलको आदर्श एवं सिद्धान्तविपरीत गई अनुशासनहीन कार्य गरेकाले पदबाट हटाउनुपरेको अध्यक्ष जितजङ्ग बस्नेतद्वारा जारी पत्रमा उल्लेख गरिएको छ। सङ्गठनको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार शाहीलाई महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको पत्रमा जनाइएको छ। 

 शाहीलाई सङ्गठनबाट हटाइएको पत्रको बोधार्थ पार्टी सभापति शेरबहादुर देउवालाई समेत दिइएको छ।

त्यसैगरि महासचिव शाहीले तरूण दलका अध्यक्ष जितजङ्ग बस्नेतलाई पनि एक वर्षका लागि पार्टीबाट निष्कासन तथा कारवाहि गरिएकाे बताएका छन्। कांग्रेस केन्द्रीय समितिलाई बाेधार्थ पत्र पठाएका छन्। शाहीले पनि विभिन्न आरोप लगाउँदै कारवाहि गरिएकाे पत्रमा उल्लेख गरेका छन्।

प्रकाशित: २८ भाद्र २०७६ १६:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App