७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

आफ्नै सहकर्मीको गोली लागी नौ अफगानी प्रहरीको मृत्यु

अफगानिस्तान- अफगानिस्तानको दक्षिणी क्षेत्र कान्दाहारमा आफ्नै सहकर्मीले चलाएको गोली लागी कम्तीमा नौ प्रहरीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन्।

शुक्रबार राति शाहवालीकोट जिल्लाको दमानी क्षेत्रमा आफ्नैै सहकर्मीले चलाएको गोली लागी नौ अफगानी प्रहरीको मृत्यु भएको अफगानी ‘वन टिभी’ले प्रहरीलाई उद्धृत गरी जानकारी गाराएको छ। घटनाको स्थानीय अन्य सञ्चारमाध्यमहरूले पनि  पुष्टि गरेका छन्।

अफगानिस्तानमा गत अगस्टमा पनि यस्तै एक घटनामा सात प्रहरीको मृत्यु भएको थियो। गत महिना शाहवालीकोटमा नै भएकोे घटनामा एक प्रहरीले आफ्नै सहकर्मीलाई गरेको आक्रमणमा सात सुरक्षाकर्मीको मृत्यु भएको थियो। 

अफगानिस्तानमा भएको द्वन्द्वका कारण विक्षिप्त अवस्थामा लड्नुपर्दा कतिपय सुरक्षाकर्मीले आफ्नै सहकर्मीमाथि आक्रमण गरेका घटना असामान्य भएपनि पटकपटक यस किसिमका घटनाहरू दोहोरिने गरेका छन्।

यसैबीच शुक्रबार सरकारी सुरक्षाकर्मीले चलाएका आक्रमणमा परी पूर्वी पाक्टिका प्रान्तमा कम्तीमा २० लडाकूको मृत्यु भएको छ चने अन्य केही घाइते भएका उल्लेख गरिएको छ। सरकारी स्रोतले दिएको जानकारी अनुसार शुक्रबारको सुरक्षा कारबाहीमा ठूलो सङ्ख्यामा घाइते भएका छन् तर घाइतेमध्ये कतिपयलाई विद्रोहीहरूले सँगै बोकेर लगेकोले घाइते सङ्ख्या एकीन हुन नसकेको प्रहरीले बताएको छ।  सिन्ह्वा

प्रकाशित: २८ भाद्र २०७६ १४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App