८ वैशाख २०८१ शनिबार
समाज

पर्सा ७० औं खुल्ला दिशामुक्त जिल्ला घोषणा

खुल्लादिशा मुक्त क्षेत्र घोषणा गर्न आयोजित कार्यक्रम । तस्बिरः रितेश/नागरिक

वीरगन्ज– १४ वटा स्थानीय तह भएको पर्सा जिल्ला नेपालको ७० औं खुल्लादिशामुक्त क्षेत्र जिल्लाको रुपमा घोषणा भएको छ । प्रदेश २ को एक मात्र महानगरपालिका वीरगन्जलाई र पर्सा जिल्लालाई एकसाथ एउटै मञ्चबाट खुल्ला दिशामुक्त क्षेत्रको रुपमा घोषणा गरिएको हो।

यस जिल्लालाई प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले शनिबार एक समारोहबीच खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेका हुन्। प्रदेशलाई विकशित बनाउनका लागि खुल्ला दिशामुक्त क्षेत्रको रुपमा सबै पालिकाहरु कायम हुनुपर्ने जरुरी रहेको कार्यक्रमका प्रमुख अतिथि राउतले बताए। उनले प्रदेशलाई पुर्ण सरसफाईयुक्त क्षेत्रको रुपमा स्थापित गर्न प्रदेश सरकारको जोड रहेको बताए। 

पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले घरघरमा चर्पी बनेको भनिएपनि सार्वजनिक स्थलहरुमा सार्वजनिक शौचालय नहुनुले खुल्ला दिशामुक्त क्षेत्र घोषणा औपचारिकता जस्तो हुनगएको टिप्पणी गरेका छन्। उनले सरसफाई मानिसको बानी ब्यवहारसँग सम्बन्धित रहेकोले अब त्यसमा परिवर्तनका लागि सचेतना अभिवृद्धी आवश्यक रहेको बताए। खुल्ला दिशामुक्त घोषणा सभा जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले आयोजना गरेको थियो ।

यो घोषणा औपचारिकतामा सिमित भएको भन्दै प्रभावकारी रुपमा खुल्ला दिशामुक्त क्षेत्रको अवधारणा कार्यन्यवनको आलोचनासमेत भएको छ।

प्रकाशित: २८ भाद्र २०७६ १३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App