coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मलेसियामा मुख्य विपक्षी दलहरूले बनाए गठबन्धन

क्वालालम्पुर- मलेसियाका दुई मुख्य विपक्षी दलहरूले शनिबार एउटै गठबन्धन बनाएका छन्। बहुसंख्यक मुस्लीमहरूको मत तान्नका लागि उनीहरुले गठबन्धन बनाएको बताइएको छ। 

प्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको तत्कालिन गठबन्धनले गत बर्ष अत्यधिक मतका साथ निर्वाचन जितेको थियो। भ्रष्टाचार विरुद्ध काम गर्ने मुख्य एजेण्डा रहेको सो गठबन्धनले राजनीतिक मुलधारबाट बाहिर रहनु भएको मोहम्मदलाई फेरी सत्तामा ल्याएको हो।

अहिले बनेको नयाँ गठबन्धनमा पूर्व सत्तारुढ दल युनाईटेड मलायज नेशनल अर्गनाईजेसन (युएमएनओ) र पान मलेसियन इस्लामिक पार्टी (पीएएस) रहेका छन्। उनीहरूको यो गठबन्धन बहुसङ्ख्यक मलाय मुस्लिम समुदायको मत आफ्नो पकडमा पार्ने लक्षका साथ भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

दुई पार्टीले सहकार्य गर्ने र गठबन्धन बनाउनेसम्वन्धी सम्झौतापत्रमा शनिबार हस्ताक्षर गरेको अधिकारीहरूले जनाएका छन्। उनीहरुले आउँदो सन् २०२३ मा हुने निर्वाचनलाई लक्षित गरेर गठबन्धन गरेको समाचारमा जनाइएको छ। एएफपी

प्रकाशित: २८ भाद्र २०७६ १३:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App