८ वैशाख २०८१ शनिबार
समाज

खोलामा पौडी खेल्दा डुबेर मृत्यु


खोटाङ– संखुवासभामा पौडी खेल्ने क्रममा खोलामा डुबेर खोटाङका एक युवाको मृत्यु भएको छ। अरुण तेश्रोको काममा मजदुरी गर्न संखुवासभा पुगेका दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका ३५ वर्षीय दिलीप थापाको खोलामा डुबेर मृत्यु भएको हो । मकालु गाउँपालिका–५ नुम र चिचिला गाउँपालिका–३ दिदिङको बीचमा रहेको राते खोलामा पौडी खेल्नेक्रममा थापाको डुबेर मृत्यु भएको जानकारी आएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए।

शुक्रबार साँझ पौडी खेल्नेक्रममा उनी खोलामा डुबेका थिए। मृतक थापाले अरुण थर्ड शाखा एसएमराज कम्पनीमा हेल्परका काम गर्दैआएका थिए। घटना लगत्तै अस्थायी प्रहरी चौकी आमसराङबाट पुगेको प्रहरीको टोलीले थापालाई मृत अवस्थामा फेला पारेको थियो। मृतकको शव पोष्टमार्टमका लागि खाँदबारीतर्फ लगिएको जनाइएको छ। घट्नाको जानकारी पाए लगत्तै थापाका परिवार त्यसतर्फ हिँडेको गाउँपालिका अध्यक्ष राईले बताए। 
 

प्रकाशित: २८ भाद्र २०७६ ०९:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App