coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित

काठमाडौं– नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा पुनः जीवनराज श्रेष्ठ निर्वाचित भएका छन्। नेपाल ओलम्पिक कमिटीको शनिबार ललितपुरका सातदोबाटोस्थित कमिटीको कार्यालयमा सम्पन्न निर्वाचनमा अर्का प्रतिस्पर्धी उमेशलाल श्रेष्ठलाई ७ मत अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन्।

जीवनराम यसअघि पनि सो कमिटीको अध्यक्ष थिए। महासचिवमा जीवनराम प्यानलकै निलेन्द्रराज श्रेष्ठ विजयी भएका छन्। महासचिव श्रेष्ठ १५ मत पाएर विजयी हुनु भए। उनका प्रतिस्पर्धी पुरेन्द्र विक्रम लाखेले १२ मत पाए। निर्वाचनमा सबैभन्दा बढि २६ मत पाएर ज्योति राणा उपाध्यक्षमा निर्वाचित भए। त्यसैगरी सुनिलकुमार श्रेष्ठ, तेजबहादुर गुरुङ, अशोकरत्न बज्राचार्य र चतुरानन्नराज बैद्य पनि उपाध्यक्षमा निर्वाचित भएको निर्वाचन आयोगका संयोजक लोकभक्त राणाले जानकारी दिए।

उपमहासचिवमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टण्डन विजयी भए। त्यसैगरी सचिव पदमा तुलसी थापा, रामजीबहादुर श्रेष्ठ र दीपकहर्ष बज्राचार्य विजयी भए। राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य सचिव समेत रहेका केशवकुमार विष्ट भने सचिवमा पराजित भए।

यसैबीच, नवनिर्वाचित नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालको खेलकुद क्षेत्रको विकासमा आफू नेतृत्वको टीमले सक्दो काम गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले निर्वाचनमा जीत–हार स्वभाविक हुने उल्लेख गर्दै सबैले मिलेर मुलुकको खेलकुद क्षेत्रको विकासमा लाग्नुपर्ने पनि स्पष्ट पारे। नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो टीमको जितलाई समग्र नेपालको खेलकुद क्षेत्रको जीतको रुपमा लिएर अघि बढने पनि बताए।

प्रकाशित: २८ भाद्र २०७६ ०९:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App