घाँटी थिचेर हत्या

शनिबार, २८ भदौ २०७६, १३ : ४८ नागरिक

महोत्तरी । एकडारा गाउँपालिका– २ स्थित धान खेतमा आज घाँटी थिचेर हत्या गरिएको अवस्थामा एक युवकको शव बरामद भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार राजकिशोर बैठाका छोरा अन्दाजी वर्ष १७/१८ विकेश बैठाको हत्या गरिएको अवस्थामा धान खेतमा शव पाइएको हो।

बैठाको घाँटी थिचेर हत्या गरी फालिएको अवस्थामा आज बिहान करीब ९ः०० बजेतिर वनमा घाँस काट्न गएका महिलाले देखेपछि गाउँमा होहल्ला गर्दै जाँदा गाउँलेले प्रहरीलाई खबर गरेका प्रहरी उपरीक्षक अधिकारीले बताए। बेला गाउँदेखि भङ्गहिया गाउँ जाने बाटोमा पर्ने फेकन महासेठको धान खेतको बीचमा शव फेला परेको हो। बैठालाई अत्यधिक बलपूर्वक घाँटी थिचेका कारण दुवै आँखा बाहिर निस्केको अवस्थामा शव फेला परेको हो।

गाउँमा दुई/तीन दिनदेखि दाहा मेला लागेका अवस्थामा गएराति केही व्यक्तिले युवक बैठालाई फोन गरी मेला हेर्न बोलाएको थियो। तर अबेर रातिसम्म उनी फर्केर घर नआएपछि गाउभरि र आफन्तकामा उनको परिवारजनले खोजी गरे पनि कुनै पत्तो लागेको थिएन भने आज बिहान उनको हत्या गरिएको अवस्थामा शव फेला परेको उनका दाजु मुकेश बैठाले बताए।

प्रहरीले हत्या गरिएका युवकको शवको स्थलगत मुचुल्का तयारी गरी अहिले शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाएको प्रहरी उपरीक्षक अधिकारीले बताए। रासस




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad