coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

शान्ति प्रक्रियाको घुमाउरो बाटो

माधवकुमार नेपाल

तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने दुई वटा बाटा अवलम्बन गर्न खोजेको थिएँ। पहिलो उनीहरूलाई 'सशस्त्र द्वन्द्व' को बाटो छोडाउन प्रयास गर्ने। जुन बाटोबाट माओवादी हिँडिरहेको छ त्यसलाई थेग्न पनि सकिँदैन र पार पनि लाग्दैन भनेर सम्झाउने। दोस्रो शान्तिपूर्ण माध्यमबाटै उद्देश्यहरू पूरा गर्न सकिन्छ भनेर बुझाउने।

त्यसका लागि जोखिम मोलेर विभिन्न चरणमा माओवादी नेतृत्वसँग छलफल भए। संसारका अनुवभबारे जानकारी आदानप्रदान गर्ने काम हुन्थ्यो।

माओवादीसँगको कुराकानीमा पहिला त उनीहरूबाट हुने अत्याचार बन्द गराउने कोसिस भयो। अत्याचार गरेर जनतामा प्रतिष्ठा बढ्दैन टाढिँदै जानुहुन्छ भनेर भनियो। यो विषयमा छलफल हुँदा उहाँहरूले मेरो सहयोग पनि माग्नु भयो। माओवादी सन्देश लिएर राजा ज्ञानेन्› शाहसँग पनि मैले कुराकानी गरे। त्यसअघि पनि मैले राजा वीरेन्›सँग कुराकानी गरेको थिएँ। नेपाली सेनालाई माओवादीविरुद्ध प्रयोग गर्ने कुरा चलिरहेकोमा राजा वीरेन्›ले भनेको कुरा अहिले पनि सम्भि्कन्छु। उनले 'लुक देयर इज नो फ्री लन्च (सित्तैमा केही पाइँदैन)' भनेका थिए। नेपाली जनताविरुद्ध किन सेना प्रयोग गर्ने भनेर भनेका थिए।

त्यस समयमा सबै शक्तिले आआफ्नो स्वार्थपूर्ति गर्नका लागि माओवादीलाई प्रयोग गरेका कारण उनीहरूको शक्ति पनि बढ्यो। राजाहरूले प्रजातन्त्रिक शक्तिलाई कमजोर पार्न, विदेशी शक्तिले नेपाललाई तह लगाउन र आफ्नो आवश्यकता देखाउन माओवादीको प्रयोग गरे।

गिरिजाप्रसाद कोइरालाले एमालेलाई कमजोर बनाउन माओवादीको प्रयोग गर्नुभयो। एमाले बराबरी हैसियत दिएर माओवादीको हातमाथि पारियो। तर जसजसले माओवादीको प्रयोग गरे सबैले मूल्य भने चुकाएका छन्।

स्वार्थसिद्ध गर्नका लागि जातीय, धार्मिक भावना भड्काउने र सशस्त्र द्वन्द्व जस्ता आगोसँग खेल्ने काम हुँदा त्यसको परिणाम गम्भीर भएको विश्वका धेरै देशमा देखिन्छ। बिन लादेन, भिन्डेरवाला र लिट्टेको परिणाम के भयो? सबैले बुझाएका छन्।

राजतन्त्रलाई खाने एउटा तत्व माओवादी पनि हो। एमाले र नेपाली कांग्रेस प्रमुख रुपमा रहेको थियो। तर पछि माओवादी पनि मिसिन आइपुग्यो। तराजुको एउटा पल्ला भारी भयो अनि राजतन्त्र समाप्त भयो।

समस्या देखिनेबित्तिकै समाधान खोज्नुपर्छ। त्यसलाई पालेर फाइदा लिनेतर्फ जानु हुँदैन। समस्या समाधान गर्न फकाएर, मिलाएर, लेनदेन गरेर वा जे गर्दा ठीक हुन्छ त्यसै अनुसार गर्नुपर्छ। माओवादीलाई शान्तिपूर्ण बाटोमा ल्याउन धेरै तरिका अवलम्बन गर्नु पर्थ्यो त्यसैअनुसार उनीहरूसँग सम्पर्कमा थिएँ म पनि। 

माओवादी नेताको आग्रहमा समस्या समाधानका लागि तत्कालीन राजा ज्ञानेन्› र गिरिजाप्रसाद कोइरालासँग सन्देश पुर्‍याइदिने काम पनि मैले गरेँ। त्यस समयको शक्ति सन्तुलनमा दरबार, कांग्रेस र एमालेे थियो।

राजा ज्ञानेन्› यसलाई अवसरको रुपमा लिँदै आफ्नो सूत्र प्रयोग गरेर माओवादी नेतालाई भेट्न गए। ढोरपाटनमा राजा ज्ञानेन्› र प्रचण्ड (पुष्पकमल दाहाल) बीच भेटवार्ता भयो। त्यस समयमा राजालाई माओवादीले सघाउने र राजाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो भनिन्छ। तर पछि ज्ञानेन्›ले सत्ता हातमा लिएपछि सबैको प्राथमिकता उनलाई हटाउने भयो। निरंकुश राजतन्त्रलाई समाप्त पार्ने र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उपयुक्त मौका बनेर आयो। 

कतिपयबाट नेपाली भूमिमै बसेर राजालाई हटाउने र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काम किन नगरेको भन्ने प्रश्न पनि उठ्यो। तर यो सम्भव थिएन। माओवादीको आधार क्षेत्रमा जान सकिँदैनथ्यो। बम पड्काइदिए भने के गर्ने? म जान सक्ने भए पनि गिरिजाबाबु जान सक्ने अवस्थामा हुनुहुन्थेन। म पनि कडा निगरानीमा थिए, सरकारी सुरक्षाकर्मी सधै साथमै रहन्थे। सुरक्षाकर्मी हटाउनभन्दा पनि नमान्ने। जहाँ जादाँ पनि सँगै जाने भए। वार्ता गर्न आएका माओवादी नेतालाई सुरक्षाकर्मीले पक्राउ गरे भने माधव नेपालले पक्राइदिए भन्ने बनाउने?

भारत नभई तेस्रो देश थाइल्यान्ड, फिलिपिन्स र नर्वेमा पनि मााओवादीलाई लगेर शान्तिप्रक्रियाको बाटो तय गर्ने कोसिस पनि भएको थियो। तर तेस्रो देश आवातजावत गर्न समस्या थियो। म्यानमारसम्म गाडीमा र त्यसपछि पानीजहाज चढाएर माओवादी नेतालाई बैंकक लैजानेसम्मको कुरा भएको थियो। थाइल्यान्डका उपप्रधानमन्त्री र फिलिपिन्सका सभामुखको माध्यमबाट कुराकानी भएको थियो। भारतीय नेता सीताराम येचुरीसँग कुरा गरेर केरलाको ब्याक वाटरमा बोटिङ गर्दै रातभर मिटिङ गर्ने कि भनेर पनि सोचियो। तर त्यो पनि धेरै टाढा भयो। माओवादी नेताले दिल्लीमै 'हाम्रै सेल्टर' मा गरौं भन्नुभयो।

यसका लागि म आफैं दिल्ली गएँ र प्रचण्डजीलाई उतै बोलाए। तर उहाँ आउन तयार हुनुभएन। उहाँले रोल्पा बोलाउनु भयो। मेरो त्यहाँ जान सक्ने अवस्था थिएन। वामदेव गौतम र युवराज ज्ञवालीलाई रोल्पा पठाएँ। भारत सरकारको निमन्त्रणामा भारत गएको मौका पारेर उहाँहरूलाई बोलाएको थिएँ। तर पछि समय लम्बिँदै गएपछि मैले बस्ने ठाउँसमेत छोड्नु परेको थियो। सिताराम येचुरीलाई भनेर पैसा तिरेर केही दिन दिल्लीकै बंगभवनमा हामी बस्यौं। माओवादीले हाम्रा लागि व्यवस्था गरेको होटल त्यति राम्रो नभएका कारण त्यहाँ नबसी अन्यत्र गइयो। प्रचण्डजीले पहिला केन्›ीय समितिको बैठक छ, आउन सक्दिनँ भन्नुभयो। मैले अब तपाईंसँग कुरा हुँदैन भनेपछि उहाँ बल्ल आउन तयार हुनुभयो। त्यतिबेला उहाँ नेपालमा हुनुहुन्थ्यो। सेनाको हेलिकप्टरले पिछा गरेकाले लामो बाटो हुँदै आउनुपर्ने भयो भनेर उहाँले थप सात दिन पर्खिन भन्नुभयो। त्यसपछि म हैदरावाद घुम्न गएँ, जयपुर पनि पुगे। बल्लबल्ल प्रचण्ड दिल्ली आउनुभयो। अनि गिरिजाप्रसादलाई फोन गरेर दिल्ली बोलाएँ। तर उहाँले पनि आलटाल गर्नुभयो। कतै कुरा गर्नुपर्ने थियो कि थाहा भएन। उपचार गर्न भनेर आउनुहोस् भने।

मेरो र प्रचण्डसँग त्यसअघि नै वार्ता भयो। मिलेर जाने भनेपछि नारायणकाजीजीले पेन्सिलले मस्यौदा लेख्नुभयो। हामीलाई त्यो चित्त बुझेन। हामीले आफ्नोतर्फबाट मस्यौदा बनायौं। त्यो एकप्रति प्रचण्ड र अर्को गिरिजाबाबुलाई दियौं। उहाँलाई त्यो चित्त बुझेन र कृष्णप्रसाद सिटौलालाई मस्यौदा गर्न लगाउनुभयो। पछि तीन पक्षको मस्यौदा राखेर नयाँ मस्यौदा तयार पारेको हो, यसमा भारतको कुनै संलग्नता छैन। भारतले कुनै बस्दोबस्तीको व्यवस्था गरेको पनि होइन। त्यो सम्झौतासम्बन्धी सबै काम भारतमा रहेका माओवादी आबद्ध प्रवासी नेपालीको निवासमा भएको थियो। सुरुमा मैले प्रचण्डजीसँग नोएडाको एक घरमा वार्ता गरेको थिएँ। पछि एपोलो अस्पतालछेउको गल्लीबाट घुमाउँदै घुमाउँदै लगेर माओवादी सम्पर्कसूत्रले हामीलाई प्रचण्ड भएको ठाउँमा लगेको थियो। गिरिजाबाबुले भर्‍याङ चढ्न नसक्ने भएकाले एक घरको भुइँतल्लामा भेटघाट भएको थियो। त्यहीं १२ बुँदे सम्झौता गरेर नेपाल आयौं। सात दलीय  गठबन्धनका अरु पाँच दललाई पनि मनाउनुपर्ने थियो।

दिल्लीमा आउनजान सहज होस् भनेर हामीले एपोलो अस्तापलमा 'होल बडी' जाँच गराएका थियौं। सुरुमा मसँग केपी ओली र अमृतकुमार बोहोरा जानुभएको थियो। तरपछि डाक्टरले परामर्शका लागि बोलाएका छन् भन्दै ओली र म गयौं। कुरा मिलाएर फर्कियौं। हाम्रो यसबीचमा कार्यकर्ता भेला र बुटबलमा भव्य आमसभा भइसकेको थियो।

सात दलीय गठबन्धनका तर्फबाट सम्झौतामा हस्ताक्षर गर्ने समयमा नेपाली कांग्रेस लोकतान्त्रिकबाट गोपालमान श्रेष्ठ हुनुहुन्थ्यो। उहाँले सभापति शेरबहादुर देउवासँग छलफल नगरी हस्ताक्षर गर्न सक्दिनँ भन्नुभयो। देउवालाई पक्राउ गरेर थुनामा राखिएको महाराजगञ्जस्थित तालिम केन्›मा भेट्न श्रेष्ठ र सिटौलालाई लिएर गएँ। देउवालाई श्रेष्ठले माओवादीसँग भएको सम्झौताको प्रति दिनुभयो। मैले हतपत खोसेँ। मैले पुलिस हिरासतमा बसेका देउवाजीलाई सबै अधिकार श्रेष्ठजीलाई दिनुहोस् भने। पुलिसले सम्झौताको प्रति खोसेर लग्यो भने के गर्ने भनेर देउवाजीको हातबाट त्यसलाई खोसेकोे थिएँ। देउवाले मस्यौदामा मौलिक हक थप्नुपर्ने बताउनु भयो। तर माओवादीसँग कुनै विषय नथप्ने सहमति भएको थियो। मैले गिरिजाबाबु निवासमा गएर प्रचण्डजीलाई फोन गरेँ। मानवअधिकार भनिसकेपछि मौलिक अधिकार राख्न के समस्या हुन्छ भनेर प्रचण्डलाई भनेँ। उहाँले हुन्छ भन्नुभयो। सात दलमा समेत यो विषयमा केही साथी करकर गर्दै थिए। मैले मान्ने भए मान्नुस्, नमान्ने भए जानु भनेपछि सबैले हस्ताक्षर गरे।

हिंसात्मक राजनीतिमा रहेको माओवादीलाई ल्याउने क्रममा यस्तो मेहनत गरिएको थियो। तर पछि वार्ताको समयमा एमालेलाई बेवास्ता गर्न खोजियो। शान्ति सम्झौताको समयमा मेरो पनि उपस्थिति देखिनुपर्छ भनेको थिएँ। सरकार र वि›ोही पक्षबीच सम्झौता हुने भए पनि पर्यवेक्षकको रुपमा एमाले पनि हुनुपर्छ भनेको थिएँ। अरु दलले यो कुरा नमान्नु स्वाभाविक थियो तर हाम्रै पार्टीका प्रतिनिधिले पनि कांग्रेससँग समर्पण गरे। म धेरै रिसाएँ। शान्ति सम्झौता गर्न बसेको समयमा मेरो रिसाएको अनुहार देखिन्छ। शान्ति सम्झौता हस्ताक्षर कार्यक्रममा जाँदै जान्नँ भनेको थिएँ। पछि टिसर्टमै गएँ। गाडी पठाउलान र लिन मानिस आउलान भनेर अर्कोतिर गएको थिएँ। धेरै आग्रह भएपछि जे थियो त्यही लगाएर गएँ। सम्झौता हेर्नसमेत दिएनन्, तपाईंका साथीहरूले हेरिसकेका छन् भनेर। सबै थोक गर्नेलाई नै बाहिर पार्ने काम भयो।

गिरिजाप्रसादमा अहंकार बढिसकेको थियो। राष्ट्रपतिको 'ललिपप' पनि भेटिसक्नु भएको हुनसक्छ। उहाँले कोही नआए पनि अघि बढिन्छ भन्नुभयो। प्रधानमन्त्री उहाँ हुनुहुन्थ्यो र वि›ोही पक्ष छँदै थियो। उहाँले एमालेलाई अप्ठेरोमा पार्न खोजेको पनि हो। त्यसैले गिरिजाप्रसाद कोइरालाको मूल्याकंन गर्दा ठीकै गर्नुपर्छ।

सशस्त्र संघर्षताका माओवादीका नेताहरूले स्याटलाइट फोन बोक्थे। त्यसैमा प्रचण्डसँग सीधै सम्पर्क गर्थें। पञ्चायतकालमै हाम्रो पार्टीको एउटा कार्यक्षेत्र थियो। २०४२ सालमा काठमाडौंको जिम्मेवारी हर्थें। त्यतिबेलादेखि नै प्रचण्डसँग मेरो नियमित सम्पर्क हो। दुवै पार्टीबीच समन्वय गरेर कहिले विद्यार्थी र कहिले शिक्षक आन्दोलन गराउँथ्यौं। हामी योजना बनाउँथ्यौं। मल्ल के सुन्दरको बांगेमुढास्थित घरमा बसेर जुलुस गएको हामी हेर्थ्याैं। स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा संयुक्त प्यानल पनि हामी नै बनाउथ्यौं। त्यही समयदेखि हामी दुवैबीचको सम्पर्क र समन्वय हो। त्यसले गर्दा पछि पनि काम दियो।

अन्तर्राष्ट्रिय परिस्थतिमा आएको परिवर्तनले भन्दा पनि सरकारले माओवादीविरुद्ध गरेको चर्को दमनले उसलाई शान्ति प्रक्रियामा आउन बढी दबाब पर्‍यो।

त्यसै समयमा पेरुमा त्यहाँको माओवादी लडाकु समूह साइनिङ पाथले खाएको धक्का पनि माओवादी शान्ति प्रक्रियामा आउनुको एक कारण हो। त्यहाँका नेता गोञ्जालोलाई पक्रेर एउटा पिञ्जडामा राख्ने काम भयो। गोरखपुरमा प्रचण्ड र बाबुरामलाई भेट्न जाँदा हिसिला यमीले भन्नुभएको थियो– यिनीहरूले मार्ने भए कमरेड तपाईंले बचाउनु होस्। पार लगाउन सक्दैनन्।'

हिसिला डराउने मानिस होइन। लखनऊको मिटिङमा बाबुरामजीले हात समातेरै  'हामी सकिने भयौ तपाई पहल गर्नुहोस्। बचाइदिनुहोस्' भन्नुभएको थियो। तर प्रचण्डजीले 'हामी कमजोर भएर भनेका होइन है' भनेर थप्नुभएको थियो। कृष्णबहादुर महरा पनि त्यहीं हुनुहुन्थ्यो।

(मणि दाहाल र प्रशान्त लामिछानेले एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री नेपालसँग गरेको कुराकानीमा आधारित)

प्रकाशित: ५ मंसिर २०७३ ०२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App