८ वैशाख २०८१ शनिबार
खेल

‘इरिकसन टोटेनह्याममै रहँदा हर्षित छौं’

लन्डन – टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनोले मिडफिल्डर क्रिस्टियन इरिकसन क्लबमा रहँदा दुवै पक्ष हर्षित भएको प्रतिक्रिया दिएका छन्। इरिकसन नयाँ सिजन अन्यत्र जाने खबर सार्वजनिक भएको थियो। तर, सेप्टेम्बर २ मा युरोपियन शीर्ष लिगमा सरुवा बजार बन्द भएसँगै उनको सरुवा प्रक्रिया कप्तिमा जनवरीको सरुवा बजार सम्मका लागि स्थगित भएको हो।

इरिकसनलाई नयाँ सिजनका लागि भित्राउन इङ्लिस प्रिमियर लिगकै क्लब म्यानचेस्टर युनाइटेडका साथै स्पेनिस लालिगा क्लब रियाल मड्रिड र बार्सिलोनाले इच्छा देखाएका थिए। इरिकसनले पनि आफू नयाँ सिजनमा नयाँ चुनौती लिन तयार रहेको प्रतिक्रिया दिएका छन्। इरिकसनको टोटेनह्यामसँगको सम्झौता यसै वर्षपछि सकिँदैछ। पोचेटिनोले पटकपटक इरिकसनको भविष्यका बारेमा अन्योलता जनाउँदै आएका छन्।

साथै उनले यही दुविधाका कारण इरिकसनलाई सुरुआती दुई खेलमा पहिलो रोजाईमा राखेका थिएनन्। ‘उनी खुसी छन्। उनी सधैं नै खुसी थिए। उनले कहिले पनि क्लबमा असन्तुष्ट भएको बताएनन्,’पोचेटिनोले भने,‘सबै खेलाडीको आफ्नै लक्ष्य र चुनौती हुन्छ। आर्सनलविरुद्धको खेल अघि नै उनले आफू क्लबप्रति प्रतिवद्ध रहेको बताएपछि उनलाई खेलाएको थिएँ। उनी सधैं टोलीका महŒवपूर्ण सदस्य हुन्।’

प्रकाशित: २८ भाद्र २०७६ ०४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App