८ वैशाख २०८१ शनिबार
खेल

अन्तर्राष्ट्रिय पारालम्पिक कमिटीका अध्यक्ष नेपालमा

काठमाडौं – अन्तराष्ट्रिय पारालम्पिक कमिटीका अध्यक्ष एन्ड्रयू पर्सन नेपाल आएका छन्।

उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन्। नेपाल पारालम्पिक कमिटीका अध्यक्ष राधा घलेलगायत कार्यसमितिका पदाधिकारीले शुक्रबार त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा एन्ड्रयूलाई स्वागत गरेका थिए। ब्राजिलका एन्ड्रयुले एसिया टुर गर्नेे क्रममा जापान हुँदै काठमाडौं आइपुगेका हुन्।

उनी काठमाडौंबाट भुटान जाने कार्यक्रम रहेको नेपाल पारालम्पिक कमिटीका कोषाध्यक्ष ओमनाथ शिवाकोटीले बताए। नेपालमा पारा खेलकुद र खेलाडीको अवस्थाबारे बुझ्ने उद्देश्यले उनी काठमाडौं आएका हुन्। नेपालले जापानमा हुने पारालम्पिकमा गरेको तयारीको विषयमा छलफल हुने बताइएको छ।

नेपाल पारालम्पिक कमिटीको बोर्ड बैठकलाई समेत एन्ड्रयुले सम्बोधन गर्ने कार्यक्रम रहेको पारालम्पिक कमिटीका राष्ट्रिय पारा पावरलिफ्टिङ संघका अध्यक्ष टेकबहादुर गुरुङले बताए। सन् २०१७ बाट एन्ड्रयु पारालम्पिक कमिटीमा अध्यक्ष छन्।

प्रकाशित: २८ भाद्र २०७६ ०४:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App