७ वैशाख २०८१ शुक्रबार
राजनीति

'दोषीलाई कारबाही नगरे कडा आन्दोलन गर्छौ'

काठमाडौं - जागरण अभियानका क्रममा आफ्ना नेता कार्यकर्तामाथि बाँकेमा भएको आक्रमणमा संलग्नलाई कारवाहीकाे माग गर्दै नेपाली कांग्रेसले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका सभापतिहरुले बिहीबार बिहान गृहमन्त्री रामबहादुर थापालाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्। काठमाडौँका सभापति कृष्ण (सवुज) बानियाँ, ललितपुरका सभापति मदन अमात्य र भक्तपुरका सभापति दुर्लभ थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ। 

पार्टीका दर्जनौँ कार्यकर्ताहरुमाथि सुनियोजित एवं सांघातिक हमला गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदैं दोषीहरु उपर कारवाही नभए थप आन्दोलन गर्ने चेतावनी समेत दिइएकाे छ। आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन समेत कांग्रेसले सरकारलाई सचेत गराइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘जागरण अभियानको कार्यक्रमलाई विथोल्ने वद्नियतका साथ सुनियोजित रुपमा कांग्रेसका नेता एवं कार्यकर्ताहरुलाई आक्रमण गर्ने अपराधीहरुलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न हामी सरकारसँग जोडदार माग गर्दछौँ।’

‘भविष्यमा यस्ता घटनाहरु नदोहरिन दिन सरकारलाई सचेत गराउँदछौं। उल्लेखित दोषीहरु उपर कारवाही नभएको खण्डमा नेपाली कांग्रेसले कडा भन्दा कडा थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न वाध्य हुनेछ।’

उक्त घटनाको विरोधमा उपत्यकाका तीन जिल्ला सभापतिहरुको नेतृत्वमा आजै अपरान्ह ३ बजे माइतिघर मण्डलामा धर्ना दिने कार्यक्रम छ।

नेपालगञ्जमा जागरणको दोस्रो चरणको अभियानका क्रममा बिहिबार नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको आक्रमणबाट कांग्रेस जिल्ला सभापति किरण कोइरालाको बायाँ हात भाँचिएको थियो, भने अन्य नेता तथा कार्यकर्तालाई सामान्य चोट लागेको थियो।

खजुरा गाउँपालिका २ सितापुरस्थित नेपाल रेडक्रसको हलमा भएको कार्यक्रममा सभाहलभित्रै प्रवेश नेकपाका कार्यकर्ताले आक्रमण गरेको थिए।

प्रकाशित: २८ भाद्र २०७६ ०३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App