७ वैशाख २०८१ शुक्रबार
अन्य

शरीर जस्तै समाज

त्रिभुवनचन्द्र वाग्ले
दाइ रिजवानले मानव शरीरको बनोट र अंगका बारेमा पढेको बहिनी अर्फाले सुनिरहेकी थिइन्। विभिन्न अंग मिलेर मानिसको शरीर बनेको कुरा किताबमा लेखिएको थियो। कपाल, टाउको, आँखा, नाक, कान, छाला, जिब्रो, दाँत, मुटु, कलेजो, फोक्सो, रगत, हाड आदि मिलेर सिंगो शरीरका लागि काम गर्ने अर्फाले थाहा पाइन्।

आफूले जानेको नयाँ कुरा अर्फाले बाबा मोहम्मद शेखलाई सुनाइन्। बाबा पनि छोरीको कुराबाट खुसी हुनुभयो। भोलिपल्ट बाबाले सामाजिक शिक्षाको किताब किनेर ल्याइदिनु भयो। अर्फाले रिजवानलाई त्यो किताब पढेर सुनाइदिन अनुरोध गरिन्।

दाइले किताब पढिदिनुभयो। किताबमा लेखिएको थियो, ‘विभिन्न जात, धर्म, सम्प्रदाय समाजका अंग हुन्। मानिस, घरपरिवार, छिमेकी, नातागोता, पाठशाला आदि मिलेर समाज बनेको हुन्छ।’ दाइ रिजवानले मानिस जीवित रहन पनि उसका सबै अंगले काम गर्नुपर्छ भन्नुभयो। उहाँले सबै अंग एक आपसमा मिलेर काम गरे मात्र समाज जीवित र गतिशील हुने करा पनि बताउनुभयो।

अर्फाले यो कुरा बाबालाई सुनाइन्। पाठशालामा यो कुरा अर्फाले शिक्षक मंगल राईलाई सुनाइन्। उनको कुरा सुनेर शिक्षक राई धेरै खुसी भई अर्फालाई चकलेट दिनुभयो।
शिक्षकले कक्षाका सबै साथीलाई यो कुरा सुनाउन अर्फालाई अगाडि बोलाउनुभयो। सबै साथी अर्फाको विचारमा सहमत भए। शिक्षक मंगलले सबै विद्यार्थीलाई घरमा गएर आमाबाबा, भाइबहिनी र दाजुदिदीलाई यो कुरा सुनाउन भन्नुभयो। सबैले अर्फालाई बधाई दिए।
 

 

प्रकाशित: २८ भाद्र २०७६ ०३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App