coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बलात्कारका आरोपित बालकलाई सुधार गृहमा राखेर अनुसन्धान गर्न आदेश

ओखलढुंगा – नाताले भाञ्जी पर्ने सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका एक १६ वर्षीय बालकलाई सुधार गृहमा राखेर अनुसन्धान गर्न ओखलढुंगा जिल्ला अदालतले आदेश दिएको छ।

दिदीको घर गएको समयमा भदौ ३ गते बालिका बलात्कार गरेको आरोपमा भदौ ४ गते पक्राउ परेका बालकलाई जिल्ला न्यायाधीश बलबहादुर केसीको इजलासले विराटनगरस्थित बाल सुधार गृहमा राखेर मुद्दाको अनुसन्धान गर्न शुक्रबार आदेश दिएको अदालतका श्रेस्तेदार नेत्रबन्धु पौड्यालले बताए।

उनले नाबालकलाई थुनामा अन्य व्यक्तिसरह नराख्ने प्रावधान अनुसार विराटनगर पठाइएको पनि पौडेलले जानकारी दिए। बालिकालाई फकाइफुल्याइ बलात्कार गरिरहेको अवस्थामा अभिभावकले फेला पारेर आारोपित बालकलाई प्रहरीमा बुझाएका थिए। बालिकाको भदौ ४ गते जिल्ला अस्पतालमा उपचार तथा स्वास्थ्य परीक्षण भएको थियो। अहिले उनको अवस्था सामान्य रहेको छ।

प्रकाशित: २८ भाद्र २०७६ ०३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App