coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

इन्द्रजात्रा हेर्न ५ देशका ४१ पाहुना

विदेशी नगरका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिले इन्द्रजात्राको अवलोकन गरेका छन्। महानगरको निमन्त्रणामा इन्द्रजात्रा अवलोकन गर्न ५ देशका ११ सहरबाट ४१ विदेशी पाहुना आएका हुन्। महानगरका अनुसार चीनको ल्हासाबाट मेयर गुहेओ गुहेओ, भुटानको थिम्पु नगरबाट मेयर किन्ले दोर्जे, भारतको नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंह प्रतिनिधि मण्डलसहित आएका छन्। चीनको लाञ्चाउबाट कमिटी अफ द सिपिपिसिसीका उपाध्यक्ष ज्याङ् सिओहाङ् आएका छन्।

इन्द्रजात्रा अवलोकन गर्न काठमाडौं आएका प्रतिनिधिलाई महानगरले शुक्रबार भित्री सहरी क्षेत्र र कुमारी रथयात्रा मार्गको अवलोकन गराएको हो।

मेयर शाक्यले विदेशी पाहुनालाई शुक्रबार बिहान  वसन्तपुरमा स्वागत गरेका थिए। अवलोकन मार्गमा परेका वडाका अध्यक्ष तथा सदस्यले आफ्नो क्षेत्रमा पुगेपछि स्वागत गरेका थिए। पाहुनासँगै अवलोकनमा रहेका महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदा अवलोकनमा पाहुनाको चाख देखिएको बताए। ‘छोटो समय रहेकाले धेरै क्षेत्रका सम्पदा अवलोकन गराउन सकिएन,’ उनले भने, ‘हेर्नु पर्ने ठाउँ अरु पनि थिए। फरक भूगोल र परिवेशबाट आउनु भएका पाहुनाले हाम्रा सम्पदाको रुचिपूर्वक अवलोकन गर्नुभयो।’

महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ शुक्रबार बिहान भारतको नर्थ दिल्लीका प्रमुख सरदार अभतार सिंहको नेतृत्वमा नेपालमा आएका ४ सदस्यीय टोलीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन्।

बंगलादेशको ढाका साउथ सिटीका प्रमुख मोहम्मद सहिद खोकन स्वास्थ्य उपचारका लागि सिंगापुर गएका कारण उपस्थित हुन सकेनन्। पाहुनालाई भित्री सहरको अवलोकन गर्ने क्रम वसन्तपुरबाट सुरु भई बःबही, ब्रह्मचक्रमहाविहार, मञ्जुश्रीनक महाविहार, ओमबहाल, थानबहा, भीमसेन मन्दिर, सिंहसत्तल, काष्ठमण्डप, मरु गणेश, मरुहिटी, यट्खाबहाल, जनबहाल, आकाश भैरव हुँदै वसन्तपुर पुगेको थियो। उक्त अवलोकनका बेला पाहुनाहरूले मञ्जुश्रीनक महाबिहारमा जीवित देवता भैरवको दर्शन गरेका थिए।

प्रकाशित: २८ भाद्र २०७६ ०३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App