७ वैशाख २०८१ शुक्रबार
समाज

अज्ञात समूहको गोली प्रहारबाट व्यवसायी घाइते

सर्लाही - अज्ञात समूहको गोली प्रहारबाट सर्लाहीमा एक व्यवसायी घाइते भएका छन्। ईश्वरपुर नगरपालिका ११ निवासी दर्शन साहका छोरा ३५ वर्षीय राजेश साह तेलीमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए।

ईश्वरपुर नगरपालिका १० खैरा बजारबाट वडा नम्बर ११ स्थित घर फर्कदै गरेको अवस्थामा उखुबारीमा लुकेर बसेको समुहले राति ८ बजे साहमाथि गोली प्रहार भएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ। हिडिरहेको अवस्थामा एक्कासी उखुबारी भित्रबाट गोली आएको घाइते साहले बताएको प्रनाउ राठौरले बताए।

पेटमा गोली लागेका साहलाई वयलवासमा सामान्य उपचार पश्चात थप उपचारका लागि राति नै वीरगंजतर्फ लगिएको छ। साहले मोटरसाइकलमा किराना सामान बोकेर पसल पसलमा होलसेल विक्री गर्ने गरेको बताइएको छ। घटनाबारे गम्भिर ढंगले अनुसन्धान भइरहेको प्रनाउ राठौरले जानकारी दिए।

प्रकाशित: २८ भाद्र २०७६ ०२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App