८ वैशाख २०८१ शनिबार
राजनीति

नेपाल आफ्नै घरजस्तो लाग्छः राज्यपाल कोश्यारी

मुम्बई– भारतको महाराष्ट्र राज्यका राज्यपाल (गर्भनर) भगतसिंह कोश्यारीले नेपाल आफ्नो घरजस्तै भएको बताएका छन्। 

नेपालसँग सीमा जोडिएको उत्तराखण्ड राज्यका पूर्व मुख्यमन्त्री एवं भारतीय जनता पार्टीका नेतासमेत रहेका कोश्यारीले नेपालसँग आफ्नो विशेष नाता रहेको बताए। 

नेपाल फाउण्डेशनको नेतृत्वमा मुम्बई भ्रमणमा रहेको नेपाली पत्रकार टोलीलाई स्वागत गर्दै राज्यपाल कोश्यारीले भने, ‘नेपाल मलाई आफ्नै घरजस्तो लाग्छ। त्यहाँका जनता पनि भारत र मप्रति धेरै सकारात्मक छन्।’

कोश्यारीले नेपालको विकास तथा समृद्धिको अभियानमा भारतको सदैव साथ रहने बताए। नेपाल भारतको असल तथा सबैभन्दा नजिकको मित्र भएको उनको भनाई थियो।

भेटमा नेपाल भारत सम्बन्धबारे सकारात्मक कुरा भएको फाउण्डेशनका अध्यक्ष विकाश कुमार ठाकुरले बताए। 

प्रकाशित: २७ भाद्र २०७६ १६:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App