coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विप्लव समूहका जिल्ला सेक्रेटरी पक्राउ

बारा– नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका बारा जिल्ला सेक्रेटरी राजन गिरी भनिने आतिश मिश्रलाई प्रहरीले पक्राउ गरेको छ।

बाराका प्रहरी नायव उपरीक्षक रन्जित सिंह राठौरले अपराधिक गतिविधि सञ्चालन गर्दै आएका विप्लव समूहका जिल्ला सेक्रेटरी मिश्रलाई परवानीपुर ४ बाट पक्राउ गरेको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयको टोलीले मिश्रा जिल्लामा ठूलो घटना घटाउने योजना बनाइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको र उनीमाथि पहिलादेखि नै अन्य  मुद्दाहरु समेत रहेको बाराका एसपी विकासराज खनालले बताए।

मिश्रालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ। 

प्रकाशित: २७ भाद्र २०७६ १५:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App