coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बारा खुला दिसामुक्त जिल्ला

बारा– बारालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ। जिल्लास्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति बाराको आयोजनामा बारालाई ६९ औं जिल्लाका खुल्ला दिसा मुक्त  घोषणा गरिएको हो।

बारामा एक लाख पाँच हजार १५ घरधुरी रहेकोमा लगभग ९५ प्रतिशत घरधनीले शौचालय निर्माण गरेको दाबी गरिएको छ।
बारामा रहेका १६ वटा स्थानीय तहले यसअघि खुल्ला दिसामुक्त घोषणा गरेपछि जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिएको आयोजकले बताएका छन्।

खुला दिसामुक्त घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर दुईका भौतिक पूर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलले बारालाई सफा र खुल्ला दिशा मुक्त बनाई राख्दा मात्रै रोगबाट बच्न सकिने बताए।

सफा, स्वच्छ र खुल्ला दिसामुक्त जिल्ला भए मात्रै बाहिरबाट बारा जिल्लामा आउने पाहुनाहरुले जिल्लावासीको मान सम्मान बढाउने भएकोले खुल्ला दिसामुक्त बनाई राख्नको लागि सबै पक्ष मिलेर लाग्नु पर्ने सुझाव सोनलले दिए।

‘कतिपय व्यक्तिहरुले महंगो मोबाइल राख्ने तर घरमा शौचालय नबनाउने गरेका गाउँ घरमा देखिन्छ’, सोनलले भने, ‘परिवारको मान र इज्जत महंगो मोबाइल बोक्नु भन्दा घरमा शौचालय बनाएर त्यसको प्रयोग गरेर मात्रै बढछ।’

काठमाडौंपछि बारामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्ने पक्का भएको र यसमा सबैले सहयोग गर्नुपर्ने मन्त्री सोनलले बताए।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र द्रुतमार्ग निर्माणले बाराको तिब्र गतिमा विकास हुने भएकोले बारावासी भाग्यमानी रहेको सोनलले बताए। सिम्रौनगढ र काठमाडौको सम्बन्ध राम्रो बनाउनु पर्नेमा सोनलले जोड दिए।

कार्यक्रममा प्रदेशसभा सदस्य महमद समिरले सबैले चर्पीको प्रयोग गर्नुपर्ने बताए। उनले सरसफाइबाट धेरै रोगबाट जोगिन सकिने बताए।     

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिँह, कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादव, जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेल, परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साह, देवताल गाउँपालिकाका अध्यक्ष चन्दन सिंह लगायतकाले गाउँ घरलाई सफा र स्वच्छ राख्नको लागि सबै व्यक्तिहरु शौचालयको निर्माण गरि मात्रै प्रयोग गर्नु पर्ने सुझाव दिएका छन्।

प्रकाशित: २७ भाद्र २०७६ १४:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App