coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

इन्द्रजात्रा मनाइयो, राष्ट्रपतिद्वारा अवलोकन (फोटो फिचर)

तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं– काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो सांस्कृतिक पर्व इन्द्रजात्रा मनाइएको छ।

राष्ट्रपति विद्या भण्डारीले शुक्रबार अपरान्ह काठमाडौंको बसन्तपुरको ग्यालरी बैठकमा पुगेर इन्द्रजात्राको अवलोकन गरेकी छिन्। सो जात्रामा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पनि उपस्थिति रहेको थियो।

जात्रामा पहिलो पटक विदेशी पाहुनाहरु पनि सहभागी भएका थिए। काठमाडौं महानगरपालिकाको निमन्त्रणमा चीन, भारत, अमेरिका, भुटान र जापानका विभिन्न सहरका मेयरहरु सहभागी भएका थिए। उनीहरुले पनि सो जात्राको अवलोकन गरेका हुन।

काठमाडौंको हनुमानढोका दरबारबाट सुरु भएको सो अवलोकन पदयात्रा काष्ठमण्डप, चिकँः मुगल, जैसी देवल, लगनहुँदै बसन्तपुरमा आएर समापन हुनेछ।

तस्बिर : दिपेश श्रेष्ठ
तस्बिर : दिपेश श्रेष्ठ
तस्बिर : दिपेश श्रेष्ठ
तस्बिर : दिपेश श्रेष्ठ
तस्बिर : दिपेश श्रेष्ठ
तस्बिर : दिपेश श्रेष्ठ
तस्बिर : दिपेश श्रेष्ठ
तस्बिर : दिपेश श्रेष्ठ
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App