coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

वीरगन्जमा रोजगारी पसल : ‘यहाँकाम र कामदार पाइन्छ’

वीरगन्ज - प्रदेश २ का आठै जिल्लामा खोलिने रोजगारी पसलहरुको सृंखलाको पहिलो शाखावीरगन्जमा यस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले शुक्रवार उद्घाटन गरेका छन् ।

रोजगारीको खोजीमा रहेकाहरु र रोजगारदातालाई एक अर्कासंग भेंटाउने कडिको रुपमा काम गर्ने उदेश्यले वीरगन्जमा रोजगारी पसल सुरु भएको हो । यस उदेश्यका लागि काम गरिरहेको कम्पनी रोजगारी सर्भिसले ‘युकेएड’ र ‘सिप’परियोजनाको सहकार्यमा रोजगारी पसल स्थापना गरेको हो । पसलको स्लोगन छ, ‘यहाँकाम र कामदार पाइन्छ ।’

वीरगन्जको लिंक रोडमा नयाँ बसपार्क नजिक यस शाखाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको मुख्य समस्या मध्येको ‘बेरोजगारी’ अन्त्यका लागि प्रदेश सरकारले लिएको नीति पुरा गर्न रोजगारी पसल सहायक हुने आशा गरेको बताए । उनले बिदेशमा गएर आफ्नो लागि रोजगारी गर्नुका साँथै देशको लागि रेमिट्यान्स आर्जन गर्ने नेपालका युवाहरुमा अहिलेसम्म राज्यले कुनै लगानी नगरेको अवस्था प्रदेश २ मा अब अन्त्य गर्न लागेको बताए ।

‘बिदेशमा रोजगारीका लागि जाने यहाँका युवाहरुलाई सीपप्रदान गरेर पठाउने, स्वदेशमैं रोजगारको अवसर सिर्जना गर्ने र स्वरोजगार गर्न चाह्नेका लागि बिउ पूँजीउपलब्ध गराउने उदेश्यले प्रदेश सरकारले बिभिन्न सेवाप्रदायक र सहयोगी संंस्थासंग सहकार्य गरिरहेको उनले जानकारी गराए । संघीय सरकारको असहयोगी प्रबृतिका कारण अफुहरुले सोचेंजस्तो गतिमा बिभिन्न कार्यहरु गर्न नसकेको गुनासो उनले शुक्रवार दोह्र्याए ।

कार्यक्रममाप्रदेश २ का नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले कुनै पनि देशको सरकारले रेमिट्यान्समा रमाउनु देशको लागि दुर्भाग्यपुर्ण हुने गरेको बताए । उनले देशमंै रोजगारीको अवसर सिर्जना गर्न सके र स्वरोजगारीबाट मानिसहरुको आर्थिक अवस्था उकास्न सके सन्तुलित रुपमा समाजको विकास हुने विश्लेषण गरे । रोजगारी सर्भिस प्रालि र ‘जब डट कम’कातर्फबाट कार्यक्रममा सहभागि शैलेन्द्र गिरीले रोजगारीको इतिहास र वर्तमान अवस्थाबारे प्रकाश पार्दै देशमा रहेको जनशक्तिलाई आर्जनका कार्यमा परिचालन गर्ने कुरा अहिले महत्वपुर्ण रहेको बताए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका गिरीले रोजगारदातासंग रोजगारी चाह्नेलाई जोड्ने कडिको रुपमा र आवश्यक परामर्श सेवा समेत दिने थलोको रुपमा रोजगारी पसलले कार्य गर्ने बताए । नेपाल भ्रमण बर्ष २०÷२० का प्रदेश संयोजक मनिष झाले पर्यटन ब्यवसायलाई चाहिने आवश्यक जनशक्तिप्रदशे २ मा अभाव रहेको बताए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य रामबाबु यादव, प्रदेश २ कि प्रदेशसभा सदस्यकरिमा बेगम, सिपकार्याक्रमका साबिर अन्सारी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित: २७ भाद्र २०७६ १३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App