६ वैशाख २०८१ बिहीबार
समाज

पत्रकारलाई सेवा दिन शिविर सञ्चालन

रामपुर- सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभाग काठमाडौँ र नेपाल पत्रकार महासङ्घ पाल्पाको आयोजनामा भएको दुई दिने शिविरबाट ८० पत्रकारले सेवा लिएका छन्।     

प्रेस प्रतिनिधि तथा पत्रकार परिचयपत्र वितरण तथा नवीकरण शिविरमा पाल्पासँगै रुपन्देही, गुल्मी र नवलपरासी जिल्लाका पत्रकारले सेवा लिएको नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालले बताए।

परिचयपत्र बनाउन तथा नवीकरणका लागि काठमाडौँ पुग्नुपर्दा खर्चिलो तथा समस्या हुने हुँदा पाल्पाको तानसेनमा शिविर सञ्चालन गरिएको उनको भनाइ छ।

शिविरमा ४२ ले नयाँ परिचयपत्र, ३७ को नवीकरण र एक जना व्यवस्थापकले परिचयपत्र लिएको सूचना विभागका ध्रुवकुमार पोखरेलले बताए।     

उनका अनुसार तीनवटा अनलाइनको नवीकरण तथा एक वटा अनलाइनलाई नयाँ दर्ता गरिएको छ। सात प्रदेशका एक/एक जिल्लामा सञ्चालन गरिने शिविर कार्यक्रम अनुरुप पाल्पामा पहिलो शिविर सञ्चालन गरिएको विभागले जनाएको छ।रासस

प्रकाशित: २७ भाद्र २०७६ १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App