८ वैशाख २०८१ शनिबार
समाज

२१ वर्षीया किशोरीको छाउपडी गोठमा मृत्यु

रामबहादुर कुँवर

अछाम– अछाम जिल्लाको तिमिल्सैन गाविस वडा नम्बर ७ की एक किशोरीको छाउपडी गोठमा मृत अवस्थामा भेटिएकी छन्। २१ वर्षीया डम्बरा उपाध्यायको गए राति गोठमा सुतेको अवस्थामा मृत अवस्थामा भेटिएको स्थानीयले जनाए।

मृतकका जेठाजु तीर्थराज उपाध्यायले भने– ‘उनी कुनै विरामी नभएको र शुक्रबार दिन भरी काम गरेर  खाना खाएर सुतेकी हुन्।’ बिहान ढिलोसम्म पनि नउठेपछि उठाउन खोज्दा मृत फेला परेको बताए। मृत उपाध्यायका श्रीमान यज्ञराज उपाध्याय भने केही समयअघि कामको शिलसिलामा भारत गएका छन्।

तिमिल्सैन गाविस भने छाउपडी गोठ मुक्त गाविस हो। अछाममा ३१ वटा गाविसलाई छाउपठी गोठ मुक्त घोषणा गरिएका छन्। उपाध्यायको सब परीक्षणका लागि जिल्ला अस्पताल मंगलसैन लिएपछि उनको दाहासंस्कार गरिएको जेठाजु उपाध्यायले जानकारी दिए ।

प्रकाशित: ४ मंसिर २०७३ १२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App