coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उद्यम विकासलाई सरकारले उच्च प्राथमिकता दिएको छः अर्थमन्त्री खतिवडा

फाइल तस्बिर

काठमाडौं - अर्थमन्त्री डा. युवराज खतिवडाले दीगो विकास लक्ष्य हासिल गर्न पनि सरकारले सबै क्षेत्रसँगको साझेदारी कार्यक्रममा जोड दिएको बताएका छन्। अर्थमन्त्री खतिवडाले दीगो विकास लक्ष्य हासिल गर्नका लागि महिला तथा युवा उद्यम विकासलाई पनि सरकारले उच्च प्राथमिकता दिएको स्पष्ट पारे।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको 'अन्तराष्ट्रिय महिला उद्यमी शिखर सम्मेलन’को उद्घाटन गर्दै उनले मुलुकको आर्थिक समृद्धिका लागि उद्यम विकास गर्न पनि सरकारले सर्वसाधारण नागरिकलाई समेत उद्यम क्षेत्रमा सहभागी गराउन सक्दो पहल गरिरहेको बताए। अर्थमन्त्री खतिवडाले महिलाहरुलाई उद्यमशील बनाउन उनीहरुलाई जमिनमाथिको स्वामित्व स्थापित गराउन कानुन बनाउने कामलाई पनि तीव्रता दिइएको बताए।

प्रकाशित: २७ भाद्र २०७६ ११:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App