coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जिल्लामै ज्ञान केन्द्रको माग गर्दै कृषक आन्दोलित, हटिया ठप्प

करिब दुई सय वर्ष अघिदेखि लाग्दै आएको शुक्रबारे हटिया किसानद्धारा ठप्प पारेपछि सुनसान। भगिश्वर लिम्बु/नागरिक

तेह्रथुम - जिल्लामै कृषि ज्ञान केन्द्र र पशु–सेवा विज्ञ केन्द्र राख्नुपर्ने माग राख्दै आएका किसानहरुले शुक्रबार सदरमुकाम म्याङलुङमा लाग्ने शुक्रबारे हटिया ठप्प पारेका छन्। जिल्लाबासीको मुख्य हाटबजारको रुपमा रहेको सदरमुकाम म्याङलुङमा लाग्दै आएको शुक्रबारे हटिया राष्ट्रिय कृषि समूह महासंघ र जिल्ला कृषक सञ्जाल तेह्रथुमले ठप्प पारेका हुन्।

करिब २ सय वर्ष अघिदेखि नियमित लाग्ने शुक्रबारे हटिया ठप्प हुदा बजारबासीलाई समस्या भएको छ। कृषकहरुले आन्दोलनको पहिलो चरणमा प्रधानमन्त्री कार्यालयसहित विभिन्न मन्त्रालय र जिल्लाका सांसदहरुलाई ज्ञापन पत्र बुझाएका छन्। कृषकहरुको मागलाई वेवास्ता गरिएकाले दोस्रो पटकको स्वघोषित कार्यक्रम अनुसार दवाब स्वरुप कृषकहरुले स्वतःस्फुर्त कृषिजन्य सामाग्री बिक्री गर्न नल्याएका जिल्ला कृषक सञ्चाल तेह्रथुमका अध्यक्ष योगेन्द्र गड्तौलाले बताए।

स्थानीय सरकार आए पनि किसानका लागि आफ्नो सेवा दिने कार्यालय नआएकोप्रति किसानहरु निराष छन्। स्थानीय तहपछि सिंहदरबारको अधिकार गाउँ गाउँमा आउने विश्वासमा बसेका किसानहरुलाई यो संघीयताले सुविधाभन्दा पनि सास्ती दिएको किसान डेढराज श्रेष्ठले बताए।

जिल्लामै कृषि ज्ञान केन्द्र र पशु–सेवाविज्ञ केन्द्र राख्नुपर्ने माग राख्दै चरणवद्ध आन्दोलन सुरु गरेको राष्ट्रिय कृषि समुह महासंघ र जिल्ला कृषक सञ्जाल तेह्रथुमले जिल्लामा बिगत १९ महिनादेखि जिल्लामा कृषि ज्ञान केन्द्र र पशु–सेवाविज्ञ केन्द्र नहुदा कृषकहरुलाई समस्या भएको भन्दै सुरु गरेको चरणवद्ध आन्दोलन अनुसार शुक्रबारे हटिया बन्द गरेको जिल्ला कृषक सञ्जाल तेह्रथुमका अध्यक्ष योगेन्द्र गड्तौलाले बताए।

अहिले जिल्लामा किसानहरुले उत्पादन गर्ने कृषिबाली र पशुपंन्छीमा कुनै रोग वा समस्या देखिए प्राविधिकको अभाव छ। कृषि ज्ञानकेन्द्र कार्यलयको सहयोगीको भरमा सञ्चालित छन्। कृषि सम्बन्धी सानो कामका लागि समेत तेह्रथुमका किसानहरु दुई दिन लगाएर धनकुटा जानु पर्ने बाध्यता रहेको किसान दिपक ढुङ्गानाले बताए।जिल्लामा रहेको पशुसेवा र कृषि कार्यालय कर्मचारी नहुदा अहिले सुनसान जस्तै भएको छ।

जिल्लामा किसानहरुले उत्पादन गर्ने कृषिबालीको तथ्यांक कृषि ज्ञान केन्द्र र पशु विज्ञ शाखा धनकुटामा समेत छैन। साबिकको जिल्ला कृषि विकास कार्यालय र त्यसअन्तर्गतका सबै संरचना खारेज भएपछि जिल्लामा कृषि प्रसार, प्रविधि हस्तान्तरण तथा सहयोग, तथ्यांक संकलन, बीउबिजन, मिनी कीट वितरण, कृषि परामर्शजस्ता किसान लक्षित सबै कार्यक्रम प्रभावित भएका छन्।

म्याङलुङमा लाग्ने सुक्रबारे हटियामा किसानहरुद्धारा उत्पादन हुने कुनै पनि सामाग्री बिक्री बितरण नगर्ने निर्णय भए अनुसार किसानहरुले समेत आन्दोलनमा साथ दिएकोे सञ्जालका अध्यक्ष गड्तौलाले जानकारी दिए।स्थानीय टुडीखेलमा दुई दशक अघि देखि नियमिति हटिया लाग्दै आए पनि आफुले शुक्रबारको दिन टुडीखेल खालि देखेको जिल्ला समन्वय समितिका अध्यक्ष शिब प्रशाद ढुंगानाले बताए। उनले जिल्लामा कृषि ज्ञान केन्द्र र पशु–सेवा बिज्ञ केन्द्र  हुनु पर्ने भन्दै प्रदेश र संघिय सरकार संग माग राखे पनि सुनवाई नभएको खुलासा गरेका छन्।

जिल्लामै कृषि ज्ञान केन्द्र र पशु–सेवा बिज्ञ केन्द्र राख्नु पर्ने माग गर्दै यस अघि सबै सरकारी कार्यालय र जिल्लाका स्थानीयतह सहित तिनै तहका माननियहरुलाई समेत ज्ञापनपत्र बुझाए पनि माग सुनवाई नभएको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। यस अघि आन्दोलनरत किसानहरुले जिल्ला समन्वय समितिको परिषरमा  धर्ना दिनुको साथै बिभिन्न चरणको आन्दोलनहरु गरि सकेको छ।

प्रकाशित: २७ भाद्र २०७६ १०:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App