७ वैशाख २०८१ शुक्रबार
समाज

सुत्केरी महिलाको उद्धार

तुल्सीलाइ नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत हुँदै काठमाडौं लिने तयारी। तस्वीर –नागरिक

जाजरकोट - सुत्केरी व्यथा लागेर सहज रुपमा  बच्चा जन्माउन समस्या परेकी जाजरकोटकी एक महिलाको  नेपाली सेनाको  हेलिकोप्टरवाट उद्धार गरिएको छ। तीन दिनदेखि सुत्केरी व्यथा लागेर अप्ठेरोमा परेकी कुसे गाउँपालिका वडा नम्वर ८ लाँता घर भएकी ४५ वर्षिय  तुल्सी  सुनारको शुक्रवार हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको  हो।

कुशे गाउँपालिकाको  समन्वय र  महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा तुल्सीलाइ उद्धार गरिएको  कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए। उल्टो अवस्थामा बच्चा रहेका कारण सुत्केरी हुन समस्या परेपछि आफुहरुले तुल्सीको उद्धारको लागि मन्त्रालयसंग समन्वय गरेको अध्यक्ष बस्नेतले बताए।  उनले  मन्त्रालयको  राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको सहयोगले  पीडित तुल्सीको उद्धार गरिएको बताए।

  जिल्लामा  सुरक्षित रुपले  सुत्केरी गराउने दक्ष स्वास्थ्यकर्मी र  सस्था नभएका कारण  गर्भवती र सुत्केरी अवस्थाका महिलाहरुले धेरै ठूलो सास्ती ब्यहोर्ने गरेको  कुशे गाउँपालिका वडा नम्वर ९की वडाध्यक्ष देविका आरसीले बताइन। उनले  गतिलो सेवा   सुविधा र सहजताको अभाव हुदा स्थानीयले  दुख पाउने गरेको  बताइन्। 

वर्षेनी  जिल्लाका दर्जनौ महिलाहरुले  निकै अप्ठेरो र  असुरक्षित रुपले  सुत्केरी  हुने  गरेको  सरोकारवालाहरुको गुनासो छ।

प्रकाशित: २७ भाद्र २०७६ १०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App