coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हाडनाताबाटै बलात्कृत हुन्छन् बालिका

काठमाडौँ- पछिल्लो समय बालबालिका सम्बन्धी घटना बढ्दै गएका छन्। आर्थिक वर्ष २०७५/६७ मा राष्ट्रिय बाल अधिकार परिषदमा विभिन्न जिल्लाबाट आएका जानकारी र विभिन्न सञ्चार माध्यममा प्रकाशित सामग्रीका आधारमा परिषदले गरेको एक अध्ययनमा सो अवधिमा ६ सय ५४ बालअधिकार हननसम्बन्धी घटना भएका छन्।    

उक्त घटनामा एक हजार ८० बालबालिका प्रभावित भएका छन्। सबैभन्दा बढी गत आवको अन्तिम चौमासिकमा २ सय ८८ घटनाबाट ४ सय ८५ बालबालिका पीडित तथा प्रभावित भएका छन्। पहिलो चौमासिकमा २ सय ४ बालअधिकार हननका घटना भएका छन् भने ३ सय १५ बालबालिका प्रभावित भएका छन्। दोस्रो चौमासिकमा १ सय ६२ बालअधिकार हननका घटना भएका छन्। जसबाट २ सय ८० बालबालिका पीडित भएका छन्।     

त्यसैगरी तेस्रो चौमासिकमा २ सय ८८ घटना भएका छन् र ४ सय ८५ बालबालिका प्रभावित भएका छन्। प्रभावित एक हजार ८० पीडित बालबालिकामध्ये ४ सय ४१ बालक र ६ सय १८ बालिका तथा २१ शिशु रहेका छन्। आव २०७५/७६ मा तुलनात्मक रुपमा सबैभन्दा धेरै बाल यौन दुव्र्यवहार तथा बलात्कारका घटना भएका छन्।

जसमा २ सय ५२ बालबालिका पीडित भएका छन्। मृत्यु २ सय ४१, बालविवाह १ सय ९६, बालश्रम १ सय १२, बेचविखन तथा ओसारपसार ९६, हत्या ६५, कुपोषण ३८, शारीरिक सजाय ३७, आत्महत्या २७, अपहरण १२ र गर्भपतनका चार घटना भएका छन्।     

एक वर्षमा विभिन्न सञ्चार माध्यममा २ सय ५२ बाललालिका यौन दुव्र्यवहार र बलात्कारमा परेका घटना प्रकाशमा आएका छन्। आर्थिक वर्षका तीन चौमासिकलाई तुलना गर्दा सबैभन्दा बढी पहिलो चौमासिकमा ९८ बालबालिका बाल यौन दुव्र्यवहारमा तथा बलात्कारका घटनामा परेका छन्। दोस्रो चौमासिकमा ८२ र तेस्रो चौमासिकमा ७२ बालबालिका बाल यौन दुव्र्यवहार तथा बलात्कारका घटनाबाट पीडित भएका देखिएको छ।     

परिषदका प्रवक्ता रामबहादुर चन्दले घटनालाई तुलना गर्दा बालकमाथि भएका बाल यौन दुव्र्यवहारका घटनाभन्दा बालिकामाथि भएका बलात्कारका घटनाको सङ्ख्या बढी रहेको जानकारी दिए। भौगोलिक विकटता र सामाजिक परिवेशका कारण अझै पनि कतिपय घटना प्रकाशनमा आउन सकेका छैनन्।

उक्त प्रतिवेदनलाई हेर्ने हो भने सबैभन्दा बढी आफ्नै बाबु तथा हाडनाता, चिनजानका व्यक्ति, घर मालिक, शिक्षक तथा प्रधानाध्यापक, सेना, प्रहरी तथा कर्मचारीबाट बलात्कृत भएका छन्।     

आव २०७४/७५ मा २ सय ४३ बाल यौन दुव्र्यवहार र बलात्कारका घटना प्रकाशमा आएका थिए भने गत आवमा सो सङ्ख्या २ सय ३४ रहेको छ। बालबालिका सम्बन्धी कुनै पनि घटना सञ्चार माध्यम लगायत अन्य आधारमा जानकारीमा आएका अवस्थामा परिषदले तत्काल सम्बोधन गर्ने प्रयत्न गर्नुका साथै त्यस्ता बालबालिकाको संरक्षणका लागि सहयोग, सहजीकरण गर्दै आएको छ।     

अध्ययनका क्रममा परिषदले समावेश गरेका घटना विभिन्न पत्रपत्रिकामा प्रकाशनमा आएका घटना मात्रै भएकाले ती नै सम्पूर्ण नभए पनि अध्ययनले केही हदसम्म नेपालमा बाल संरक्षणसम्बन्धी घटनाको स्वरुप आँकलन गर्न सम्बन्धित निकायलाई सहयोग पुग्ने प्रवक्ता चन्दले विश्वास व्यक्त गरे।रासस  
 

प्रकाशित: २७ भाद्र २०७६ ०९:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App