coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डेढ तोला सुनको सिक्री लुटेर फरार

काठमाडौं– गोकर्णेश्वर नगरपालिका –१५ नारायणटारस्थित राई स्कूल नजिकबाट हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जनाले नारायणटार बस्ने कमला लिम्बुले घाँटीमा लगाएको करीव १.५ तोला बराबरको सुनको सिक्री शनिबार लुटी फरार भएका छन्।

यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका–१ रानीबन बस्ने ४८ वर्षीया शोभा पन्त क्षेत्रीले लगाएको पौने तोला सुनको सिक्री सोही नगरपालिका–२ पहेलो गुम्वा नजिक पैदल हिँडिरहेको अवस्थामा नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिले शुक्रवार लुटपाट गरी फरार भएका छन्।

स्थानीय प्रहरी तत्काल घटनास्थलमा खटिएर लुटेराको खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित: ४ मंसिर २०७३ १०:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App