coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

जापानविरूद्ध नेपाल १–० गाेल अन्तरले विजयी

काठमाडौँ– नेपालकाे राष्ट्रिय फूटबल टाेली र जापानका खेलाडीबीच शनिबार भएकाे च्यारिटी फूटबल खेलमा नेपालले जापानविरूद्घ १–० गाेल अन्तरले जित हात पारेकाे छ। नेपालकाे जितमा नवयुग श्रेष्ठकाे १ गाेल नै उक्त खेलमा निर्णायक बनेकाे हाे।

नेपाल–जापानबीचकाे कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोली र जापानबाट आएको एक टोलीबीच खेल भएकाे हाे।

एन्फा कम्प्लेक्स सातदाेबाटाेकाे मैदानमा खेल भएकाे हाे। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा उक्त खेल भएकाे हाे।

प्रकाशित: ४ मंसिर २०७३ १०:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App