coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

घाटमा पुर्‍याइएको शिशु जिवित भेटियो

बाँके - लेवर वार्डमा खटिएका कर्मचारीको चरम लापरवाही मृत्यु भैसकेको घोषणा गरिएको नवजात शिसु जीवतै भेटिएको छ । मसानघाट लगिएको शिसु जीउँदै भेटिएपछि भेरी अस्पतालमा खटिएका कर्मचारीले लापरवाही गरेको देखिएको छ ।

शुक्रबार विहान भेरी अस्पताल नेपालगन्जको लेवर वार्डमा खटिएका नर्सले नमरेको नवजात शिशुलाई मृत्यु भैसकेको भनि घोषणा गरेका थिए । जाजरकोट छेरागाड नगरपालिका–९ कमला अधिकारीले शुक्रबार विहान नवजात शिसुलाई जन्माएकी थिइन । तर बच्चा जन्मिएको केहि घण्टा पछि लेवर रुपकी डिउटी इन्र्चाज बसुन्धरा ज्ञवालीले बच्चाको मृत्यु भैसकेको भन्दै अभिभावकलाई बुझन लगाइन । स्टाफ नर्सले बच्चा मरेको भनेर कमलाका श्रीमान मिलन अधिकारीलाई आवश्यक कागजातमा हस्ताक्षर गराएर शिसुलाई लैजान भने ।

मृत्यु भैसकेको शिसुलाई गाड्नका लागि अस्पतालका कर्मचारीले २ हजार मागेपछि अधिकारीले त्यो रकम नदिने भन्दै नेपालगन्ज बुलबुलिया स्थित हिन्दु मसानघाट लगेका थिए । मसान घाटमा शिसुलाई गाडने भनेर खाल्डो खनेर तयारी अवस्थामा राखियो । गाडने तयारी भैरहेको बेला मसानघाटकी कर्मचारी कलावती नेपालीले बच्चालाई देखाउन भनिन । कालो प्लास्टिकको पोलिथिनबाट मिलनले बच्चा निकालेर कलावतीलाई देखाए । कलावतीले बच्चा हेरेपछि जिउँदै रहेको भनेपछि बुबा मिलन रुदै पुन भेरी अस्पताल नेपालगन्जमा शिसुलाई लिएर पुगेका थिए । अहिले शिशुको भेरी अस्पतालमै उपचार भैरहेको छ ।

मसानघाटकी कर्मचारी कलावतीले बच्चा गाड्न ल्याउँदै आफुले सधै सचेत भएर हेर्ने गरेको नागरिकलाई बताइन । उनले भनिन, ‘यो पहिलो घटना होइन । यसरी मैले थुपै्र पटक बच्चा फर्काएको छु । कसैले नियतवस बच्चा मारेर गाड्न पनि आउँछन । तर आज विहानैको घटनाले मलाई दुखी बनायो । बच्चा जिउँदै छ कसको बच्चा हो भनेर मैले सोधेको थिए । उहाँले मेरो नै हो भनेर फेरी फर्काएर अस्पताल लग्नु भयो ।’

भेरी अस्पताल नेपालगन्जका सुचना अधिकारी डा. संकेत रिसालले घटनाको बारेमा अस्पताल प्रशासनलाई जानकारी भैसकेको बताए । उनले भने, ‘घटनाबारे मैले जानकारी पाएको छु । अस्पताल प्रशासनले यसका बारेमा अनुसन्धान गर्दैछ । सम्बन्धित बिशेषज्ञ डाक्टरसँग छलफल गरेर घटनाको बारेमा बास्तविकता पत्ता लगाउँछौं ।’
भेरी अस्पताल नर्सिङ प्रशासन प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठले डिउटीमा खटिएका कर्मचारीको बचाउ गर्दै घटनामा स्टाफ नर्सको गल्ती नभएको बताइन । उनले भनिन, ‘ २३ हप्ताको बच्चा रहेछ । ६ सय ग्राम तौल छ । बच्चा शिसु जिउँदै छ । सास फेर्ने गा¥हो भैरहेको छ ।

यस्तो शिसुलाई बचाउन कठिन हुन्छ ।’ शिसु मरेको भनेर अस्पतालले प्रमाणित नगरेको श्रेष्ठले बताइन । तर अस्पतालमा पुग्दा शुसिका बुबा अधिकारीले शिसु मरेको कागजातमा हस्ताक्षर र औठा छाप लगाएको बताए । उनले भने, ‘तपाईको बच्चा मरिसकेको छ भन्दै बसुन्धरा ज्ञवालीले लैजान भन्नु भयो ।

उहाँ(ज्ञवाली)ले नै डेलिवरी गराएकोले विश्वास लाग्यो । हामीले डाक्टरले भने पछि होला भनेर विश्वास गरेर लग्यौं ।’ ‘पाटेघरको पानी धेरै खसेकोले बच्चा बचाउन सकिएन भनेर उहाँले भन्नु भयो । बच्चा मरेको भन्दै मैले कालो पोथिनमा राखे । अस्पतालमै भएका कर्मचारीले बच्चा गाडनका लागि २ हजार मागे । मैले यत्रो रकम किन दिने भनेर मसानघाट लगे ।’

प्रकाशित: २७ भाद्र २०७६ ०७:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App