८ वैशाख २०८१ शनिबार
समाज

बेलायतका सर्वदलीय संसदीय समूहका अध्यक्ष शर्मा नेपालमा

काठमाडौं–  बेलायतका सर्वदलीय संसदीय समूहका अध्यक्ष तथा सांसद वीरेन्द्र शर्मा काठमाडौं आएका छन्। एनआरएन युरोप क्षेत्रका संयोजक कुल आचार्यसहितको टोलीले शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। सांसद शर्मा ब्रिटिश गोर्खामा रहेका नेपालीको अधिकारकालागि आवाज उठाउँदै आएका व्यक्ति हुन्।

सांसद शर्मा बेलायतमा तेस्रोपटक सांसद चुनिएका हुन्। उनी अल पार्टी पार्लियामेन्टका अध्यक्षसमेत हुन्।  शनिबार काठमाडाडौं आएका शर्मा तीन दिनसम्म नेपाल बस्ने एनआरएन युरोप क्षेत्रमा संयोजनक कुल आचार्यले जानकारी दिए। नेपाल रहँदा विभिन्न कार्यक्रममा सहभागी हुने शर्माले उच्च राजीतिक भेटघाट गर्ने कार्यक्रमसमेत रहेको आचार्यले जानकारी दिए।

 

प्रकाशित: ४ मंसिर २०७३ १०:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App