७ वैशाख २०८१ शुक्रबार
समाज

झ्यालको ग्रील झिकेर सहकारीमा चोरी

चितवन– खैरहनी नगरपालिका वडा नम्बर १० को शान्ति बजारमा रहेको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थामा चोरी भएको छ। बिहीवार राती सहकारीको कार्यालयको झ्यालको ग्रील झिकेर चोरी भएको हो। कार्यालयमा रहेको करीब २ लाख ५० हजार रुपैयाँ चोरी भएको संस्थाका अध्यक्ष जनकराज थपलियाले बताए। दुध बिक्री गर्ने कोठाको झ्यालको ग्रील निकालेर चोरहरु कार्यालयमा छिरेको पाइएको उनी बताउँछन्।

त्यसपछि भित्री कोठाको ढोकाको ताला फोडेर व्यवस्थापकको कोठामा रहेको पैसा चोरी भएको उनले जानकारी दिए। किसानलाई वितरण गर्न ल्याएको र दुध विक्रीबाट संकलन भएको सहकारीको पैसा चोरी भएको हो। चोरले कार्यालयमा रहेको सिसी क्यामेराको हाडडिक्समा पानी हालिदिएको पाइएको उनले बताए। दुई वर्ष अघि पनि सो सहकारीको कार्यालयमा चोरी भएको थियो। 

प्रकाशित: २७ भाद्र २०७६ ०७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App