coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पहिरोले घर पुर्दा २ को मृत्यु, ४ बेपत्ता

फाइल तस्बिर

रोल्पा  - अबिरल बर्षाका कारण गएराति आएको पहिरोमा परी थबाङ गाउँपालिका २ छेर्लाबाङमा ६ जनालाई पुरिएका  छन् । रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटनाको पुष्टि गर्दै २ जनाको शव निका लिएको र अन्यको खोजी भइरहेको बताए ।

प्रहरीका अनुसार स्थानियको सहयोगमा अहिले सम्म २८ वर्षीया सिरकुमारी झाक्री बुढा र उनको ४ वर्षीय छोरा असल बुढाको शव निकालिएको छ । राति १२ बजे तिर गएको उक्त पहिरोमा

परी सोही घरमा सुतेका स्थानीय जयबहादुर बुढाको परिवार समेत त्यहि घटनामा परेको स्थानीयले बताएका छन । मिरुल, कुरेली र थबाङबाट
गएको प्रहरी र स्थानीयहरुले पहिरोले पुरेको

घरमा खोजी गरिरहेको प्रहरीले बताएको छ । थबाङ गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्तीका अनुसार आफ्नो घर असुरक्षि भएपछि जयबहादुरको परिवार उक्त घरमा सुत्न आएको थियो । सहिद मार्ग सडक आयोजनाले खनेको सडकसमेत पहिरोले पुरिएको हो ।

प्रकाशित: २७ भाद्र २०७६ ०५:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App