६ वैशाख २०८१ बिहीबार
राजनीति

छाउपडीका कारण ज्यान गएको घटनाबारे प्रधानमन्त्रीकोे चासो

काठमाडौं–अछामको तिमिल्सेन गाउँमा छाउपडी गोठमा सुतेकी २१ वर्षीया महिलाको ज्यान गएको घटनाप्रति प्रधानमन्त्रीले  चासो व्यक्त गरेका छन्। छाउपडी गोठमा बसेकी २१ वर्षीया डम्बरा उपाध्यायको मृत्यु भएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीले चासो व्यक्त गरेका हुन्।

शनिबार दिउँसो प्रधानमन्त्रीको सचिवालयले प्रमुख जिल्ला अधिकारी शर्मालाई फोन गरी घटनाको बारेमा यथार्थ जानकारी गराउन, छाउपडी प्रथाजस्तो कुरिता अन्त्यका लागि यथाशीघ्र सरोकारवालाको बैठक बोलाएर जागरण अभियान सञ्चालन गर्न र सामाजिक क्षेत्रमा क्रियाशील एनजिओ, आइएनजिओहरुलाई सेमिनार र गोष्ठीमा मात्रै रकम खर्च गर्ने परिपाटी तोडेर जनचेतनामूलक कार्यमा लाग्ने वातावरण निर्देशन दिएको हो ।

टेलिफोनमा प्रमुख जिल्ला अधिकारी शर्माले घटनाको यथार्थ बुझेर आवश्यक जानकारी गराउने बताउँदै छाउपडी प्रथा अन्त्यका लागि आफ्नो तर्फबाट सरोकारवालाहरुको बैठक बोलाएर प्रक्रिया अगाडि बढाउने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 

प्रकाशित: ४ मंसिर २०७३ ०९:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App