१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

व्यावसायिक घरानाको उपहार र छुट

काठमाडौं – यो वर्षको दसैं सुरु हुन केही दिन मात्र बाँकी छ। दसैंको टिका असोज २१ मा भए पनि बजारमा किनमेल गर्नेको भिड देखिन थालेको छ। काठमाडौंका मुख्य बजार न्युरोड, खिचापोखरी, असन, इन्द्रचोक, पुतलीसडक लगायतमा किनमेल गर्नेको चहलपहल बढ्न थालेको छ।

किनमेल गर्नेको भिड भान्सामा चाहिने खाद्यान्नदेखि विद्युतीय सामग्री, फर्निचर, मोटर गाडीका सोरुमहरुमा समेत देखिएको छ। दसैंको चहलपहल बढन थालेपछि व्यापारिक घरानाहरुले पनि यसैलाई लक्ष्य गरी विभिन्न उपहार र छुट सुविधा सार्वजनिक गर्न थालेका छन्।

प्रत्येक वर्ष दसैं बजारमा अर्बौं रुपैयाँको थप कारोबार हुँदै आएको छ। सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने कर्मचारी र उद्योग प्रतिष्ठानमा काम गर्ने मजदुर तथा कर्मचारीलाई एक महिनाको तलब बराबर दसैं खर्च दिने प्रचलन छ। यही रकम दसैं र तिहारमा खर्च हुँदै आएकाले यसबेलाको बजार थप चलायमान हुने गरेको हो। व्यापारिक प्रतिष्ठानहरु पनि यही मौका छोपेर व्यवसाय बढाउन छुट र सुविधा दिन प्रतिस्पर्धामा छन्।

बजारमा अहिले विभिन्न इलेक्ट्रोनिक्स, अटोमाबाइल, इन्टरनेट सेवा प्रदायक कम्पनी, मोबाइल फोन कम्पनीलगायतले उत्सव योजना सार्वजनिक गरेका छन्।

हिमस्टारले दसैं र तिहारलाई लक्ष्य गरी अफर सार्वजनिक गरेको छ। अफरअन्र्तगत हिमस्टारको कुनै पनि टेलिभिजन, रेफ्रिजिरेटर, एसीको खरिदमा घरायसी उपकरण उपहार राखिएको छ।

‘ग्राहकलाई राहत हुने गरी योजना सार्वजनिक गरेका छौं,’ कम्पनीका डेपुटी जनरल म्यानेजर केशव धितालले भने।

हिमस्टारले १९, २२, २८ र २४ इन्चको टेलिभिजन खरिदमा इस्त्री, ३२ इन्चको टेलिभिजनमा इलेक्ट्रोनिक केतली र ४० इन्च वा त्योभन्दा माथिको टेलिभिजन र डबलडोर रेफ्रिजिरेटरको खरिदमा विभिन्न उपहार दिने जनाएको छ। एसीको खरिदमा सित्तैमा जडानको सुविधा रहेको कम्पनीले जनाएको छ।

इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले दसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै ९९ रुपैयाँमा इन्टरनेट अथवा क्लियर टिभी सेवा प्रदान गर्ने जनाएको छ।

उपभोक्ताले चाडपर्व हर्षोल्लाससाथ मनाउन र इन्टरनेटको माध्ययमबाट सुलभ मूल्यमा एकापसमा खुसी साट्न पाउन् भनेर न्यूनतम मूल्यमा सेवा दिन लागेको कम्पनीले जनाएकोे छ।

‘दसैं पर्खेर बसेका ग्राहकलाई खुसी सहितको छुट सेवा ल्याएका छौं,’ कम्पनीका सञ्चार संयोजक प्राची शाहको भनाइ छ। नयाँ ग्राहकको बजेटलाई मध्यनजर गर्दै कम्पनीले दसैंलाई माध्यम बनाएर सेवा दिन खोजेको उनले बताइन्।

नेपालका लागि टिभिएस टू–ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस दसैं दौड नाममा अफर ल्याएको छ। त्यसैगरी, गोदरेज अप्लाएन्सेसले चाडपर्व लक्षित ‘फ्री कपल ट्रिप टू बाली’ अफर ल्याएको छ।

यस अन्तर्गत गोदरेजका उत्पादन खरिद गर्ने ग्राहकले नगद छुटका साथै लक्की ड्रमार्फत इन्डोनेसियाको बाली घुम्न जाने अवसर पाउने कम्पनीले जनाएको छ।

रेफ्रिजेरेटर, चेस्ट फ्रिजर, वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिद गरी लक्की ड्रमार्फत बाली जाने अवसर प्राप्त गर्नुका साथै एसीको खरिदमा फ्री जडानको सुविधा रहेको कम्पनीको भनाइ छ।

एलजीले खुसीको डबल अपग्रेड नामको योजना सार्वजनिक गरेको छ। कम्पनीले एलजी ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, भ्याकुम क्लिनर, डिस वासर, माइक्रो वेभ र साउन्ड सिस्टम खरिदमा आकर्षक मूल्य साथै पक्का उपहार दिने जनाएको छ।

बज्र एन्ड बज्राचार्य इन्टरप्राइजेजले दसैंलक्षित ‘फेस्टिभल अफर’मा बाथरुममा प्रयोग हुने सामान खरिदमा एउटा किन्दा अर्को सित्तै, गिफ्ट ह्याम्पर, क्यास ब्याक र विशेष सहुलियत जस्ता सुविधा दिने जनाएको छ।

सिजीले ‘सिजीसँग उत्साह उमंग, थाइल्यान्ड जाउँ परिवारसँग’ नाम दिएर प्रवद्र्धन योजना योजना सार्वजनिक गरेको छ। उक्त योजना अन्तर्गत सिजी ब्रान्डको प्रत्येक होम अप्लायन्सको खरिदमा थुप्रै आकर्षक स्योर सट उपहार छन्।

प्रत्येक सिजी टिभी र रेफ्रिजिरेटरको खरिदमा २९ प्रतिशतसम्म क्यासब्याक लक्की ड्रमार्फत पाँच भाग्यशाली जोडीलाई थाइल्यान्ड घुम्ने अवसर दिने कम्पनीले जनाएको छ।

डिटिएच सेवा प्रदायक कम्पनी डिसहोमले डिसहोम फन्ड ट्रान्सफर सेवामार्फत तीन महिना, ६ महिना र वार्षिक रिचार्ज गर्दा भारी छुटको प्याकेज सार्वजनिक गरेको छ।

अर्को इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट कम्युनिकेसन्सले ग्राहकलाई अतिरिक्त स्पिडको इन्टरनेट र २३० भन्दा बढी च्यानल भएको नेटटिभीको साथ स्काइवर्थको ३२ र ४० इन्च टिभी भारी छुट दिने योजना ल्याएको जनाएको छ।

करबाहेक वार्षिक २५ हजार नौ सय ९० मा ग्राहकले ५० एमबिपिएस स्पिडको इन्टरनेट र २३० भन्दा बडी च्यानल भएको नेट टिभीको साथ स्काइवर्थको ३२ इन्च टिभी पाउने कम्पनीले जनाएको छ। कम्पनीले रिचार्जमा पनि सहुलियत दिएको छ।

प्रकाशित: २७ भाद्र २०७६ ०२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App