coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

छानबिनप्रति शाहीको आपत्ति

काठमाडौं – काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाहीले अखिल नेपाल फुटबल(एन्फा) मा भएको आर्थिक अनियमितता तथा चुनावको समयमा भएका अनियमितताका विषयमा युवा तथा खेलकुद मन्त्रालयद्वारा गठित छानबिन समितिको सिफारिसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

२०७५ वैशाखमा भएको एन्फा निर्वाचनको समयमा व्यापक आर्थिक अनियमितता तथा आपराधिक गतिविधि भएको भन्दै काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघले एन्फाविरुद्ध २०७५ पुस २४ मा कागजात तथा आडियो रेकर्डिङ युवा तथा खेलकुद मन्त्रालयका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, फिफा र एएफसीमा छानबिनका लागि  दिएका थिए।

अख्तियारले यस विषयमा छानबिन गर्न निर्देशन दिएसँगै युवा तथा खेलकुद मन्त्रालयले सहसचिव अणराज न्यौपानेको संयोजकत्वमा एक समिति गठन गरेको थियो।

‘हामी सरोकारवालालाई मौखिक वा लिखित जानकारीसमेत नदिई एक अनलाइन  सञ्चारमाध्यममार्फत छानबिन समितिको सिफारिसमा समितिबाट सफाइ दिएको समाचार आएको र त्यसलाई एन्फा प्रवक्ता समेतले पुष्टि गरेको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण छ,’ शाहीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समितिद्वारा छानबिन दौरान सम्बन्धित कोकोसँग बयान लिने काम भयो ?

हामीले दिएका १४ बुँदामध्ये कुन बुँदाबाट छानबिन भयो, अनि केका आधार र कुन मितिमा अख्तियारलाई सिफारिस गरियोलगायतका विषयको जानकारी हामीले समितिसँग माग गरेका छौं।

मन्त्रालयलाई आर्थिक अनियमिततासम्बन्धी सप्रमाण कागजात र अडियो रेकर्डिङ पेस गर्दा समेत समितिबाट त्यसको निष्पक्ष छानबिन नभएको हुँदा हामी समितिविरुद्ध नै अख्तियारमा उजुरी गर्न बाध्य हुने जानकारी गराउँछांै।’

 

 

प्रकाशित: २७ भाद्र २०७६ ०२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App