coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

होटलमा मदिराले मात्तिएका प्रहरी आतंक !

कोहलपुर–पछिल्ला दिनमा कोहलपुर क्षेत्रका होटलमा मदिरा सेवन गर्ने प्रहरीको आंतक मच्चिएको होटल व्यवसायी र व्यापारीले बताएका छन्। प्रहरी पोशाकमा मदिरा सेवन गरी आएका प्रहरी जवानले चेकजाँच र खानतलासीका नाममा मध्यरातमा सताउने गरेकाे व्यावसायीले गुनासाे  छन्। चेकजाँचका नाममा होटलका कर्मचारीलाई दुव्र्यवहार गर्ने र पाहुनालाई परिचय खोज्दै सताउने गरेको उनीहरुको गुनासो छ।

मंगलबार राति कोहलपुर न्यूरोडस्थित पपलाइफ र चप्परगौडीस्थित कोहलपुर गेष्ट हाउसमा मदिरा सेवन गरी प्रहरीले दुव्र्यवहार गरेको भन्दै  होटल व्यवसायी र व्यापारीले इलाका प्रहरी कार्यालय कोहलपुरमा पुगेर दोषीमाथि कारवाहीको माग गरे। राति १२ बजे मदिरा सेवन गरेका प्रहरीले होटल म्यानेजर तथा कर्मचारीलाई दुव्र्यवहार गर्दै होटलमा कोठामा बसेका पाहुनालाई परिचय माग्दै सताएको पपलाइल होटलका संचालक प्रदिप भट्टराईले बताए।

प्रहरीले पछिल्ला समयमा कोहलपुरका होटलमा चेकजाँच र सोधपुधका नाममा सताएको उनले आरोप लगाए। होटलमा मदिरा सेवन गरी आएका प्रहरीलाई कारवाहीको गर्न डिएसपी  सुरेशप्रसाद काफ्लेसँग आग्रह गरे। डिएसपी काफ्लेले होटलमा गएर दुव्र्यवहार गर्ने र सताउने दुई जनालाई कारवाही गरिएको बताए ।

मदिरा सेवन गरी होटलमा प्रहरी आचरण, प्रक्रियाबाहिर गएको भन्दै प्रहरी जवान सुगम विष्ट र दुर्गलाल आर्चायलाई कारवाही गरिएको उनले जनाए। उनीहरुलाई प्रहरी चौकीमा थुनुवा कक्षमा राखिएको छ। अहिले उनीहरुमाथि अनुसन्धान भइरहेको र प्रहरी नियमावली २०७१ अनुसार कारवाही हुने डिएसपी काफ्लेले बताए।
 कोहलपुर व्यापार संघका अध्यक्ष नरेन्द्रप्रसाद शर्माले प्रहरीले चेकजाँच, छापा मार्ने  नाममा होटल व्यवसायीलाई सताउने गरेको  गुनासो गरे। प्रहरीले मदिरा सेवन गरेर राति अनावश्यक दुख दिने गरेको उनको भनाइ छ।

 

प्रकाशित: १५ असार २०७३ ०९:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App