७ वैशाख २०८१ शुक्रबार
समाज

पानीमा डुबेर तीन बालिकाको मृत्यु

रौतहट – रौतहटमा पानीमा डुवेर तीन बालिकाको ज्यान गएको छ। रौतहटको ईशनाथ नगरपालिका–१ बन्जरहाका तीन बालिकाको माछा मार्ने क्रममा पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।

स्थानीय बन्जरहाका हीरालाल साहकी ७ वर्षीया छोरी सरिता साह, बृजनन्दन रायकी १० वर्षीया छोरी किन्जल यादव र ६ वर्षीया छोरी गुन्जन यादवको खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घरबाहिर गएका तीनैजना बालिका राति अबेर घरमा नआएपछि परिवारले खोज्दै जाँदा पानीमा डुबेर मरेको अवस्थामा शव बरामद भएको छ। घटनाको विषयमा गहन रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ भाद्र २०७६ ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App