श्रीनग – भारतको संविधानमा भएको विशेष व्यवस्था खारेज भएपछि कश्मीरमा करिब चार हजार व्यक्ति पक्राउ परेका छन्। भारत प्रशासित कश्मीरलाई दिइँदै आएको विशेष व्यवस्था खारेज गर्ने सरकारी निर्णयपछि प्रशासनले पहिलो पटक तथ्यांक सार्वजनिक गर्दै पक्राउ परेका व्यक्तिका बारेमा बोलेको हो।
भारतको संविधानको धारा ३७० खारेज गर्दै कश्मीरलाई दिइँदै आएको विशेष व्यवस्था हटाइएको छ। गत अगस्ट ५ मा भारत सरकाले कश्मीरको विशेष व्यवस्था हटाउँदै सो क्षेत्रलाई दुई भागमा विभाजित गरेको थियो। उसले कश्मीर र लद्दाक दुई भागमा विभाजन गरेर केन्द्र शासित शासन सुरु गरेको छ।
के को आधारमा अधिकांश व्यक्तिलाई पक्राउ गरिएको हो भन्नेबारे प्रष्ट भइनसकेको भए पनि एक भारतीय अधिकारीले भने सार्वजनिक सुरक्षा ऐनको आधारमा ती व्यक्ति पक्राउ परेको जिकिर गरेका छन्।
सरकारले एक्कासी गरेको निर्णयको विरोध गर्दै भारत प्रशासित कश्मीरमा सुरक्षाकर्मी र स्थानीयबीच तनाव बढ्दो रूपमा रहेको छ। सरकारले अगस्ट ५ भन्दा केही दिनअघि देखि नै मोबाइल, फोन र इन्टरनेटलगायतका आमसञ्चार बन्द गरिदिएको थियो। उसले सम्भावित झडप रोक्ने उद्देश्यले कश्मीरका प्रभावशाली व्यक्तिलाई पक्राउ गरेको थियो भने जम्मु–कश्मीरका दुई पूर्वमुख्यमन्त्रीलाई पनि घरमै नजरबन्दमा राखेको थियो। सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएदेखि नै विशेष व्यवस्था गरेर संवैधानिक रूपमै कश्मीरलाई दिँदै आएको विशेषाधिकार खारेज गर्ने निर्णयको बचाउ गर्दै सरकारले भारतको अर्थतन्त्रमा एकीकृत गर्नका लागि यस्तो कदम चालिएको र यो सबैको हितमा रहेको जिकिर गर्दै आएको छ।
विशेष व्यवस्था खारेज भएपछि भारत सरकारले सम्भावित झडप रोक्नका लागि हालसम्म तीन हजार आठ सय व्यक्ति पक्राउ गरेको सेप्टेम्बर ६ का दिन सरकारले जारी गरेको एउटा तथ्यांकलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। पक्राउ परेका ती व्यक्तिमध्ये दुई हजार ६ सयलाई रिहा गरिसकिएको जनाइएको छ।
के को आधारमा अधिकांश व्यक्तिलाई पक्राउ गरिएको हो भन्नेबारे प्रष्ट भइनसकेको भए पनि एक भारतीय अधिकारीले भने सार्वजनिक सुरक्षा ऐनको आधारमा ती व्यक्ति पक्राउ परेको जिकिर गरेका छन्। यस ऐनमा कुनै पनि मुद्दाबिनै व्यक्तिलाई पक्राउ गरेर दुई वर्षसम्म जेलमा राख्न सकिने प्रावधान रहेको ती अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...
वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...
हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...
सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...
हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
यसमा तपाईको मत