८ वैशाख २०८१ शनिबार
समाज

‘सरकारले साढे तीन वर्षमा १५ हजार किलोमिटर राजमार्ग निर्माण गर्ने’

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले साढे तीन वर्षभित्र १५ हजार किलोमिटर राजमार्ग निमार्ण गर्ने दावी गरेका छन्। नेपाल उद्योग परिसंघ (सिएनआई) को आयोजनामा काठमाडौंमा भएको तेस्रो नेपाल पूर्वाधार सम्मेलनमा मन्त्री महासेठले सरकारले साढे तीन वर्षभित्र छ लेन, चार लेन र दुई लेन गरि १५ हजार किलोमिटर राजमार्ग निमार्ण गर्न लागेको बताएका हुन्। 

मन्त्री महासेठले स्थानीय तहदेखि केन्द्रीय तहका सडक आयोजना निर्माण, मर्मतलगायतका सडक पूर्वाधारमा सबै तहका सरकारहरुले समन्वयात्मक ढंगले काम गरिरहेको बताए। सरकारले पाँच बर्ष भित्र यस्ता राजमार्ग निमार्ण गर्ने लक्ष्य लिए पनि साढे तीन वर्षभित्रै सम्पन्न हुने उनको दाबी छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले आर्थिक वर्ष २०७३÷७४ को मसान्त्तपछि ठेक्का सम्झौता भएका सबै आयोजनाहरु तोकिएकै समयमा सम्पन्न हुने दावीसमेत गरेका छन्। उनले २५ वर्ष पहिले ठेक्का सम्झौता भएका आयोजनाहरु अहिलेसम्म पनि अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै अबदेखि त्यस्ता आयोजनाहरु तोकिएकै समयमा सम्पन्न नभए कारवाहि गरिनेसमेत बताए। मन्त्री महासेठले सरकारले विदेशी लगानी आकर्षण गर्न आवश्यक सबै कानून निर्माण गरि सकेको पनि बताए।

कार्यक्रममा मन्त्री महासेठले सरकारको महाअभियानमा सबैले साथ दिन आग्रह पनि गरे। नेपाल उद्योग परिसंघ (सिएनआई) को आयोजनामा काठमाडौंमा भएको तेस्रो नेपाल पूर्वाधार सम्मेलन आज सकिदै छ। सम्मेलनको पहिलो दिन ७ प्रदेशका मुख्यमन्त्रीहरुले प्रदेशभित्रका विकास पूर्वाधारसम्बन्धी विभिन्न आयोजनाबारे लगानीकर्ता, व्यावसायीहरुलाई जानकारी गराए। नेपाल सरकारले लगानी सम्मेलनमा सोकेस गरेका धेरै आयोजना बारे यस सम्मेलनमा पनि छलफल भएको छ ।

प्रकाशित: २६ भाद्र २०७६ १२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App