काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय गानलाई राजनीतिक मुद्दा नबनाउन आग्रह गरेका छन्।
फिल्म हल र पशुपतिनाम मन्दिरमा आरतीअघि राष्ट्रिय गान बजाउनेबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा सरकारका प्रवक्ता बाँस्कोटाले प्रचलित परम्परा र कानुन बमोजिम नै निर्णय भएको भन्दै राष्ट्रिय गानलाई मुद्दा बनाउन नहुने स्पष्ट पारे। ‘राष्ट्रिय गान स्वतन्त्रता, मर्यादा, आत्म स्वाभिमान, राष्ट्रिय गौरवको विषय हो। एकताको प्रतिबिम्व हो’, बिहीबार मन्त्रालयमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले भने, ‘त्यसकारण राष्ट्रिय गानलाई मुद्दा बनाउनुपर्ने कुनै कारण छैन।’
उनले फिल्म हलमा अनिवार्य राष्ट्रिय गान बजाउने आफूलाई थाहा नभएको बताए। ‘फिल्म हलमा राष्ट्रिय गान बजाउने कुरा मैले पनि सुनिरहेको छु। फिल्म क्षेत्रको मन्त्रालय यहीँ हो। तर, मलाई चाहीँ थाहा भएन’, उनले व्यंग्य गर्दै भने, ‘पहिला पहिला त भन्थे मान्छेहरु हावा नचली पात हल्लिँदैन। अहिले त हावा नै नचली पात हल्लेको देखेर छक्क परेको छु, कुन युग हो भनेर प्रश्न गर्न मन लागेको छ।’
उनले आफूहरु नयाँ कानुनको मस्यौदा निर्माणको क्रममा रहेको उल्लख गर्दै कानुन नै नबनी फिल्म हलमा राष्ट्रिय गान कसरी बज्यो भनी प्रश्न गरे। ‘फिल्म हलको सन्दर्भमा बाहिर चलेको कुरामा मैले केही भन्नु छैन’, उनले थपे, ‘हामीले कानुन नै ड्राफ्ट गरेको छैन, कहाँबाट चल्यो यस्तो हल्ला?’
मन्त्री बाँस्कोटाले डेंगु संक्रमण नियन्त्रणमा सरकार संवेदनशील रहेको स्पष्ट पारे।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...
कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...
आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...
नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...
नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...
होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...
यसमा तपाईको मत