८ वैशाख २०८१ शनिबार
खेल

बाइकिङ रेस बिजेता सुनिता सम्मानित

ललितपुर– भारतमा भएको महिला बाइकिङ स्यालोम बिजेता सुनिता देशारलाई एम्स इन्टरनेशनल कलेज, ललितपुरले सम्मान गरेको छ।

भारतको बेङ्लोरमा भएको गोकार्ट नेशनल च्याम्पियनसिप अन्तर्गत महिला बाइकिङ स्यालोममा देशारले ४० जना प्रतिस्पर्धीलाई पराजित गरेर बिजेता बनेकी थिइन्। 

नेपालकी महिला नेशनल राइडर देशार नेपाल अटोमोबाइल एशोसिएसनबाट छनौट भएर बैङ्लोर स्पर्धामा छानिएकी थिइन। सार्क राष्ट्रअन्तर्गत नेपालसहित आयोजक भारत, श्रीलंकाका प्रतियोगितामा सहभागी थिए।

नयाँ ठाउँमा गएर प्रतिस्पर्धा गर्दा पनि आफूले राम्रो गर्न सकेकोमा देशारले खुसी व्यक्त गरिन।

ठूलो चुनौती सामना गरेको भन्दै उनले भनिन, ‘अनुभव बढ्यो, लेडि राइडरमा पहिलो पटक अवार्ड जितेको छु, यसलाई अझै निखार ल्याउने प्रयास गर्नेछु।’ देशार एम्स इन्टरनेशनल कलेज, लगनखेलमा बिए तेस्रो वर्ष अध्ययनरत छिन्।

प्रकाशित: २६ भाद्र २०७६ १०:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App