coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

साताभरी नै सेयरमा गिरावट

काठमाडौं– यो साता सेयर बजारमा ३३.१९ अंकले गिरावट आयो। आइतबार ११९१.०७ बिन्दूबाट सुरु भएको कारोबार साताको अन्तिम दिन विहीबार ११५७.८८ अंकमा कारोबार टुङ्गिएको छ। साताको पाँचै दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक राता देखिए। 

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ५.३३ अंकले घटेर ११५७.८८ बिन्दुमा झरेको छ। ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा पनि ०.९८ अंकले गिरावट आयो। नेप्सेका अनुसार आज १६८ कम्पनी कारोबारमा संलग्न थिए। जसका १५ लाखभन्दा बढी कित्ता सेयर किनबेचबाट ३७ करोड ६१ लाख ८४ हजार रुपैयाँ कारोबार भएको छ।

बिहीबार कारोबारका ११ वटै उपसूचकमा रातो छाए। सबैभन्दा बढी निर्जीवन बिमा कम्पनीका लगानीकर्ताले गुमाए। उक्त उपसूचकमा ३४.२५ अंकले गिरावट आयो। तर, सेयर मूल्यमा ५ प्रतिशतले वृद्धि भएका कारण कालिका पावर कम्पनीका लगानीकर्ता भने उत्साहित देखिए।

प्रकाशित: २६ भाद्र २०७६ १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App