coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायतमा क्यान्सर पीडित युवतीको मृत शरिर संरक्षण गरिने

लण्डन –बेलायतकी एक १४–बर्षिया किशोरीले क्यान्सरबाट आफ्नो मृत्य हुने निश्चय भएपछि यहाँको अदालतलार्ई पत्र लेख्दै आफू क्यान्सरको उपचार हुन नसक्दा मृत्यु हुन लागेको जनाउँदै मृत्युपछि उनको शरिरलाई अन्त्येष्टि नगर्न र संरक्षण गरिदिन गरेको आग्रहको पक्षमा यहाँको अदालतले फैसला दिएको छ ।

पत्रमा उनी क्यान्सरको उपचार नहुदा ज्यान गुमाउन परेको तर आँफूलाई यस धर्तीमा पूरा जीवन जीउने इच्छा प्रकट गर्दै भनेकी छन्, “म धेरै भन्दा धेरै बाँच्न चाहेको र वैज्ञानिकले भविष्यमा पक्कै क्यान्सर निको पार्ने प्रविधि पत्ता लगाउने छन् । त्यही प्रबिधिको प्रयोग गरेर सय बर्ष पछि भएपनि म पुनर्जीवित हुन चाहन्छु त्यसैले मलाई अन्त्येष्टि नगर्न अनुरोध गर्दछु,” उनले पत्रमा भनेकी छन् ।

किशोरीको मृत्युनिकट अवस्थामा लेखिएको पत्रले लण्डनस्थित उच्च अदालतलका न्यायधिस पिटर ज्याकसनलाई प्रभावित पारेपछि उनले किशोरीको अन्तिम इच्छालाई पूरा गर्न स्वीकृती दिनेगरी फैसला सुनाएका हुन् । यो किसिमको अपिल र फैसला बेलायतमा पहिलो भएको भन्दै कार्यान्वयनमा लान अनुरोध गरिएको हो ।

किशोरीले आफुलाई सुरक्षित राख्न ३७ हजार पाउन्डको रकम लाग्ने पत्रमा जनाइएको छ । किशोरीका अभिभावकले उक्त सर्तलाई सुरुमा अस्वीकार गरेका थिए । किशोरीकी आमा यो कुराको पक्षमा आए पनि बाबुले अस्वीकार गर्न खोजे पनि अन्तिम समयमा छोरीको मृत्यु नजिकिएको अवस्थामा प्रस्तावलाई स्वीकार्न बाध्य भए ।

किशोरी र अभिभावकको नाम कानुनी जटिलताको कारण देखाउँदै सार्वजनिक गरिएको छैन । किशोरीले आफ्नी आमालाई मृत शरीरलाई व्यवस्थापन गर्न आग्रह गरेअनुसार अनको शरीरलाई अत्यन्तै न्यून तापक्रममा राख्न (क्राइओजिनिकली प्रिजभ्ड) का अनुमति दिइएको हो ।

यस प्रविधिअनुसार मृत शरीरलाई सुरक्षित राखिएमा भविष्यमा उपचारबाट शरीरलाई जीवन दिन सकिने एक अप्रमाणित प्रविधिबारे केही मानिसले चर्चा गर्ने गरेको थाहा पाएपछि किशोरीले अदालत समक्ष सो आग्रह गरेकी हुन् ।

युनिभर्सिटी कलेज, लन्डनका न्यून तापक्रम प्रविधिसम्बन्धी विज्ञ ब्यारी फुलरले अत्यधिक चिसो तापक्रममा शरीरका तन्तुहरुलाई संरक्षण गर्न सकिने भए पनि यसलाई अहिलेसम्म मानव मिर्गौलाजस्ता ठूला भागमा प्रयोगमा नल्याइएको बताए ।

तत्काल हामीसँग मानिसको सम्पूर्ण शरीरलाई ‘क्राइओप्रिजर्भेसन’ प्रविधिद्वारा जीवित राखेका वस्तुगत तथ्यहरु छैनन् तर भविष्यमा तन्तुलाई पुनःजीवित गर्न सकिने सम्भावना देखिन्छ, फुलरले भने  ।

उनले यस सम्बन्धमा रिसर्चहरु भइराखेका बताए  । यदि अनुसन्धानले सकारात्मक नतिजा पाएमा भविष्यमा मानव शरीरका महत्वपूर्ण अङ्ग प्रत्यारोपणका लागि ‘क्राइओप्रिजर्भेसन’ उपयोगी हुनेछ, उनको भनाई छ । रासस/एपी

 

प्रकाशित: ४ मंसिर २०७३ ०४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App