सिसडोलबासीको अल्टिमेटमपछि ल्याण्डफिलबारे समितिले छलफल गर्ने

बिहिबार, २६ भदौ २०७६, १५ : ०५ नागरिक

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिले नुवाकोटको बञ्चरेडाँडामा निर्माणाधिन ल्याण्डफिल साईटमा देखिएको समस्याबारे सम्बन्धीत मन्त्रालय र सरोकारवालहरुसँग छलफल गर्ने भएको छ। सिसडोलबासीले भदौ ३१ गतेसम्म समस्या समाधान गर्न अल्टिमेटम दिएपछि समितिले त्यस क्षेत्रको समस्याबारे सम्बन्धीत मन्त्रालय तथा सरोकारवाला निकायसँग परामर्श गर्न लागेको हो।

केही दिन अघि समितिको स्थलगत अनुगमनटोलीलाई स्थानीयले यसअघि भएको सम्झौता अनुसार पुर्वाधार निर्माण र क्षतिपुर्तिको व्यवस्था गरि भदौ ३१ गते सम्म समस्या समाधान गर्न अल्टिमेटम दिएका थिए। समितिले सिसडोलबासी र बञ्चरेडाँडामा निर्माणधिन ल्याण्डफिल साईटको समस्या समाधानका लागि शहरी विकास मन्त्रालय, संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय, अर्थ मन्त्रालय, लगानी बोर्ड, काठमाण्डौ महानगरपालिका, सो क्षेत्रका संघीय तथा प्रदेशका सांसदहरु, स्थानीय तहका जनप्रतिनिधिलाई छलफलमा बोलाएको हो।

समितिको विहिबारको बैठकमा समिति सदस्यहरुले जीपछिरिङ लामा, गणेश कुमार पहाडी, बिना कुमारी श्रेष्ठ, सञ्जय कुमार गौतम र महेन्द्र राय यादवले फोहर व्यवस्थापनको विषयलाई राजनीतिकरण नगरि सहमति अनुसारको पुर्वाधार निर्माण र क्षतिपुर्ति दिलाउने विषयमा भईरहेको ढिलाईबारे सम्बन्धीत निकायसंग छलफल गरि सम्बन्धीत निकायलाई आवश्यक निर्देशन दिनुपर्ने धारणा राखेको थिए।

समितिले अगामी अशोज १ गते बल्खु–दक्षिणकालि सडकखण्डको स्थलगत अवलोकन गर्ने निर्णय पनि गरेको छ। खानेपानी मन्त्री अस्वस्थताका कारण समितिमा अनुपस्थित भएपछि बिहिवारका लागि पुर्वनिर्धारित खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ मथिको दफावार छलफल भने स्थगित भएको छ।  







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

तपाईंको आइफोनले पाउँदै छ नयाँ iOS अपडेट

तपाईंको आइफोनले पाउँदै छ नयाँ iOS अपडेट

iOS १३ आइफोन सिक्स एसभन्दा पछि र सँगै रिलिज भएका आइफोनहरूमा उपलब्ध हुनेछ ...

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

Ncell Footer Ad