काठमाडौं- बिहीवार सूनको मूल्यमा प्रतितोला तीन सय रुपैयाँले गिरावट आएको छ। बुधबार प्रतितोला ७१ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सूनको मूल्य बिहीबार ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
एक्कासी महंगिएको सूनको मूल्यमा पछिल्ला हप्ता गिरावट आउने क्रमले निरन्तरता पाएको छ। यता चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला चाँदी ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
पछिल्लो सात दिनमा सूनको मूल्यमा ३६ सयले गिरावट आएको नेपाल सून चाँदी व्यवसाय सँघले जनाएको छ। सो दिन सून प्रतितोला ७३ हजार ४ सयसम्म पूगेको थियो। अमेरिका र चीन बीच व्यापारिक युद्धमा आएको स्थिरताका कारण सूनको मूल्य सूनको मूल्यमा गिरावट आएको हो।
व्यापारिक युद्धमा आउने अवरोधका कारण ठूला लगानीकर्ताहरु सूनचाँदीमा लगानी गर्न हौसिने गर्छन।
प्रकाशित: २६ भाद्र २०७६ ०६:५३ बिहीबार