८ वैशाख २०८१ शनिबार
अन्य

रमण महर्षिका प्रेमपात्रहरू

हाम्रो पूर्वीय मान्यताअनुसार गोवर्धन पूजा, काग पूजा, कुकुर पूजा, गोरु पूजा यी पूजा पनि हाम्रो संस्कृतिका अभिन्न अंग हुन् । जनावरलाई पनि आदर गर्नु, मनुष्यजस्तै सम्मान दिनु हिन्दु संस्कृति विशिष्टता हो । जनावर मात्र होइन, रुख, नदी, वृक्ष, पहाडलाई पनि उपासना, ध्यान र प्रार्थनाको अभिन्न अंग बनाई जीवन्त मान्ने हिन्दुहरूको विशाल र अनुपम परम्परा छ । यो युगमा यस्तै एक व्यक्ति हुनुभयो जो जनावरहरुलाई अद्वितीय सम्मान गर्नु हुन्थ्यो र उनीहरुस“ग साक्षात् वार्तालाप गर्नु हुन्थ्यो । जनावरहरुलाई पनि उहा“को सान्निध्यमा ध्यान र समाधि लाग्थ्यो । यस्ता अनौठा सन्तको नाम हो– भगवान् श्री रमण महर्षि ।

१८७९ इस्वीमा दक्षिण भारतको तृची भन्ने सानो गाउ“मा उहा“को जन्म भयो । १६ वर्षको उमेरमा उहा“मा परम् वैराग्यको उदय भयो । दैवी आश्रयमा पूर्ण निमग्न भई घर छोडेर उहा“ले दक्षिण भारतको तिरुवन्नमलई भन्ने स्थानमा पुग्नुभयो । त्यहा“ अवस्थित साक्षात् शिव मानिने पवित्र अरुणाचल पर्वतको शरणमा पर्नुभयो र आफ्नो एकनिष्ठ साधनाले समाधि प्राप्त गर्नुभयो । उहा“ मौन बस्नुहुन्थ्यो र शिक्षणको अधिकांश भाग पनि मौन थियो ।

उहाँको उपस्थिति यति प्रखर थियो कि जो व्यक्ति, जे प्रश्न लिएर आउँथे ती प्रश्न उहा“को उपस्थितिमा पुगेर या त बिलाउँथे या त त्यसको महत्व नै हराउँथ्यो । मन निश्चल हुन्थ्यो । उहा“ वैराग्य र तपस्याको प्रतिमूर्ति हुनुहुन्थ्यो । पवित्रता र शुद्धीको उहा“ गौरीशंकर हुनुहुन्थ्यो । यो युगमा त्यति इमानदार तपस्वी पाउन अति दुर्लभ छ । उहा“ ईश्वरमा पूर्ण निर्भर रहेर परम् वैराग्यमा जिउनुभयो । एउटा लङ्गोट र कमण्डलुबाहेक उहा“स“ग केही पनि हुन्थेन । उहा“को तेज र उपस्थिति यति गहन थियो कि जस्तोसुकै व्यक्ति पनि उहा“को सान्निध्यमा नतमस्तक हुन्थे र गहिरो शान्तिको अनुभव गर्थे । विश्वले उहा“लाई ‘मौन सन्त’ भनेर चिन्यो ।

रमण महर्षिको जनावरहरुस“ग विशेष सम्बन्ध थियो । उहा“को हृदयमा मानिसप्रति मात्रै होइन जनावरप्रति पनि उत्तिकै करुणा र प्रेम थियो । उहा“को आश्रम मात्रै एउटा यस्तो आश्रम हो जहा“ उहा“को सान्निध्यमा समाधिलाभ गरेका जनावरहरुको पनि समाधि निर्माण गरिएको छ । त्यसमा सबैभन्दा प्रख्यात कहानी लक्ष्मी नामक गाईको छ । लक्ष्मीलाई एक जना किसान भक्तले आश्रमका लागि भनेर दान दिएका थिए ।

सन् १९२६ मा अरुणाचल पिल्लाई नाम गरेका किसानले गाई र भर्खर जन्मेको बाछीलाई लिएर रमण महर्षि कहा“ आईपुगे । ‘बाछी जन्मिएपछि गाई र बाछी दुवै रमण महर्षिलाई दान दिनू’ भन्ने स्वप्न आदेश पाएछन् । गाई र बाछी लिई उनी रमण आश्रममा आईपुगे र दान लिने आग्रह गरे । आश्रम वरपर त्यसबेला चितुवाको बिगबिगी थियो र गाईको हेरचाह गर्ने व्यक्ति पनि कोही नभएकाले आश्रमले गाई लिन मानेन तर किसानले स्वप्नआज्ञालाई अवज्ञा नगर्ने अठोट देखाए । महर्षिले ‘तिमीले स्वप्न आदेशअनुसार गाई ल्यायौ ठीक छ, मैले लिए“ ।

स्वप्न आदेश पूरा भयो तर अब म तिमीलाई यो गाई फेरि आश्रमको तर्फबाट लिएर जान आग्रह गर्छु’ भन्दै किसानलाई नै फर्काउन खोजे । तर यसैबीच एक भक्त रामनाथले म गाईको जिम्मा लिन्छु भनेपछि गाई र बाछीलाई आश्रमबाट केही पर पाल्ने व्यवस्था भयो । शुव्रmबार बाछी आश्रम आइपुगेकाले बाछीको नाम लक्ष्मी राखियो । गाई र बाछी बिहान चर्न र पानी खान आश्रम नजिकको पोखरी र जंगलमा आउँथे । बाछी हुर्किएपछि आफैँ आश्रमसम्म आइपुग्ने भई ।

लक्ष्मीको बानी व्यहोरा अनौठो थियो । भोजनको समयमा रमण महर्षि बसेको सोफानजिकै आएर उहा“को पाउ नजिक बस्थी । रमण महर्षिले केही खानेकुरा दिएपछि खाएर फेरि बाहिरिन्थी । जनावर ठानेर कसैले हप्कायो भने फेरि लक्ष्मी कहिल्यै उसको नजिक जाँदैनथी । लक्ष्मी अरुले आफूप्रति गर्ने व्यवहारप्रति संवेदनशील थिई । लक्ष्मीको आत्मसम्मान दुर्लभ थियो । आश्रम अलि व्यवस्थित भइसकेपछि गौशाला निर्माण गर्ने निर्णय भयो । लक्ष्मीकी माता गाईको मृत्यु भइसकेको थियो । अब आश्रममै बस्ने व्यवस्था हुन लागेकोमा लक्ष्मी हर्ष र उत्साहले पुलकित देखिन्थी ।

आश्रममा अरु भक्तहरुले पनि गाई उपहारस्वरूप दान दिएका थिए । गौशालाको जग राख्ने दिन बिहानै लक्ष्मी महर्षिको नजिकै आएर बसिरही, नहल्लीकन । जब महर्षि गौशाला निर्माण स्थल जाने भनेर उठ्नुभयो लक्ष्मी पनि स“गै उठी र गौशाला निर्माण स्थलसम्म स“गै गएर भूमिपूजनमा महर्षिस“गै बसिरही । त्यो अनुष्ठान सकिएपछि लक्ष्मी आश्रमभरि खुसीले रोमाञ्चित भएर घुमी । पछिका दिनमा उसको व्यवहार देखेर आश्रमका आउने मानिसहरु पनि अच्चभित हुन्थे । प्रत्येक दिन भक्तहरु आएर रमण महर्षिलाई ढोगेजस्तै लक्ष्मी पनि महर्षिको पाउमा आएर ढोग्थी र महर्षिले थपथपाएपछि मात्र ऊ बाहिर जान्थी । भक्तहरुले पनि नपाउने रमणको थपथपाई लक्ष्मीले पाउँथी । रमण महर्षि पनि उसलाई एक उच्च कोटीको शिष्याजस्तै व्यवहार गर्नुहुन्थ्यो ।

कहिलेकाहीँ लक्ष्मी महर्षि बसेको कोठामा सबैलाई ठेल्दै प्रवेश गर्थी । ‘लक्ष्मीभित्र छिर्न खोजी भने चनाखो भएर सबैले उसका लागि ठाउ“ छोडिदिनू, बिना कुनै रोकटोक भित्र प्रवेश गर्न दिनू’ भन्ने महर्षिको आदेश थियो । आश्चर्य यो थियो कि उसले पाएका नौ वटा बाछाबाछीमा तीन वटा रमण महर्षिको जन्मजयन्तिको दिनमा व्रmमशः जन्मिएका थिए । बच्चा पाएपछि ऊ सिधै महर्षिको अघि आएर बच्चा जन्मियो भन्ने खबर सुनाउन आएजस्तो गरी चुपचाप उभिन्थी । महर्षि रमण र ऊबीच भित्रभित्रै सम्वाद भइरहेको प्रतीत हुन्थ्यो । महर्षि पनि बच्चा जन्मिएछ भनी हेर्न जानु हुन्थ्यो र लक्ष्मी पछिपछि लाग्थी ।

लक्ष्मीको प्रिय भोजन इड्ली थियो । एक दिनको कुरा हो । महर्षि हलमा बस्नुभएको थियो । लक्ष्मी खुरुखुरु आएर महर्षिको अघि उभिइरही । महर्षिले नजिकका सहयोगीलाई हेरेर सोध्नुभयो, ‘लक्ष्मीको गुनासो छ कि उसलाई आज बिहान खाजामा इडली दिइएन के समस्या भयो ?’ सहयोगीले भने, ‘भान्छामा बुझ्दा इडली सिद्धिएर पोंगल खाजा लक्ष्मीलाई दिइएको थियो तर त्यो उसलाई मन परेन । त्यसैले तपाईं कहा“ गुनासो गर्न आएकी ।’ महर्षिले ‘केही इडली बा“की छ ?’ भनी सोध्नुभयो । आश्रमको कुनै भक्त सरसामान खरिद गर्न सहर गएका छन् ।

उनको खाजाको लागि चार वटा इड्ली राखिएको रहेछ । महर्षिले प्लेटमा दुई वटा इडली ल्याउने आज्ञा दिनुभयो र लक्ष्मीलाई खुवाउनु भयो । त्यो इड्ली खाइसकेपछि लक्ष्मी फर्केर गई । यो घटनाले के देखाउ“छ भने लक्ष्मी महर्षिस“ग अन्तर वार्तालाप गर्थी । मनुष्यले बोलेर बताउनु पर्ने कुरा लक्ष्मीले महर्षिलाई अघि आएर उभिएर केही आवाज ननिकाली बताउँथी । महर्षि पनि बुझ्नुहुन्थ्यो र सोहीअनुसार प्रत्युत्तर दिनु हुन्थ्यो ।

तेस्रो बच्चा गर्भमा बसेपछि एक दिन बेलुका लक्ष्मी महर्षिका छेउमा आएर आखाभरि आ“सु झारेर बसिरही । महर्षिको हृदय पनि द्रवित भयो । प्रेमले हात उसको लक्ष्मीको टाउको मुसार्दै महर्षिले भन्नुभयो, ‘तिमीलाई सहर फर्किन मन छैन ? यहीँ बस्ने इच्छा छ ? मैले के गर्ने ?’ नजिकै बसेका भक्तहरुलाई लक्ष्मीतिर देखाउदै उहा“ले भन्नभयो, ‘बच्चा जन्मिने छ रे, त्यसैले अब फर्किन मन छैन भन्छे लक्ष्मी ।’ कसै गरेर महर्षिले लक्ष्मीलाई फकाएर फर्किन मनाउनु भयो । त्यही रात लक्ष्मीले बच्चा जन्माई । लक्ष्मीको हेरचार गर्ने भक्तको पारिवारिक समस्या आएको कारण अर्को दिन उनी घर फर्किनु प¥यो ।

लक्ष्मी र तीन वटै बाछाहरु उनले आश्रम परिसरमा सरे । लक्ष्मी महर्षिलाई भेट्न गई र टाउको महर्षिको गोडामा निउराएर नहल्लिकन बसी रही । ‘ए, तिमी अब आश्रममै बस्ने हो ?’ भनी महर्षिले सोध्नुभयो । लक्ष्मी केही नबोली ट्रान्समा डुबेजस्तो गरेर बसी रही । स“गै बसका भक्तहरुलाई हेरेर महर्षिले भन्नुभयो, ‘लक्ष्मी ढुक्क भए“ भन्छे । तीनै वटा बाछाहरु अब मेरो जिम्मा लगाएर उसका सबै चिन्ताहरु बिदा भए रे !’

महर्षिको लागि लक्ष्मी एक जनावर मात्र थिइन । अरु भक्त र साधकझैं महर्षिस“ग उसको जीवन्त सम्बन्ध थियो । यो सम्बन्ध लक्ष्मीको जीवनको अन्त्यकालसम्म रह्यो । १७ जून १९४८ लक्ष्मी बिरामी भई । अर्को दिन महर्षि उसलाई हेर्न जानुभयो । लक्ष्मी जमिनमा पल्टेकी थिई । महर्षिले नजिकै गएर एक हातले लक्ष्मीको टाउकोमा र अर्को हातले हृदयमा स्पर्श गरी दबाउनुभयो । रमण महर्षि लक्ष्मीस“ग कुरा गर्दै ‘सबै ठीक छ’ भन्दै केहीबेर स“गै बस्नुभयो । रमण महर्षि निश्चिन्त हुनुभयो कि लक्ष्मीको हृदय वासनारहित एवं शुद्ध चेतनाद्वारा आच्छादित थियो । उसका आ“खा स्थिर र शान्त थिए । यसरी लक्ष्मी पूर्ण चैतन्यस्वरुप भएर यो संसारबाट सदाका लागि मुक्त भई । सबै विधिविधानका साथ उसलाई आश्रम परिसरमै समाधिस्थ गरियो । आज त्यो आश्रमको एक पूजनीय स्थल भएको छ ।

रमण महर्षिले भन्नुभएको रहेछ, लक्ष्मीले पूर्वजन्ममा कति ठूलो तपस्या गरेकी होली कि यो अन्तिम जन्म लिएर यहा“ आई र मुक्त भएर गई । आश्रममा सबैलाई यो विश्वास थियो, सन् १८९० को दशकमा अरुणाचल डा“डामा बस्दा उहा“को अनन्य सेवामा समर्पित एक महिला किराइपत्तीले नै जन्म लिएर फेरि महर्षिको शरणमा आइकी हुन् । किराइपत्ती महर्षि आउनुभन्दा पहिलै त्यहा“ बस्न आएकी थिइन् । किराइपत्ती जंगलमा उम्रेको साग, कन्दमुल र भिक्षाटन गरेर जम्मा गरेका सरसमानबाट रमण महर्षिलाई भोजन अपर्ण गर्थिन् । सारा दिन डा“डाभरि घुमेर खान लायकका लता, कन्दमुल जम्मा गरेर ल्याउँथिन् ।

महर्षिलाई नखुवाई आफूले खान्न थिइन् । साग, कन्दमुल खोज्न सघाउन महर्षि पनि जानुहुन्थ्यो । रमण महर्षि पनि किराइपत्तीलाई खुब प्रेम गर्नुहुन्थ्यो । सन् १९२२ मा डा“डाबाट विरुपाक्ष गुफामा महर्षि बस्न आउनुभन्दा केही महिनाअघि समर्पण र प्रेमकै उच्च स्थितिमा किराइपत्तीले शरीर छोडिन् । उनको शरीर महर्षि कै निर्देशनमा तल ल्याइयो र दक्षिणमूर्ति मन्दिरको अघि भूमिदहन गरियो ।

त्यहीँ किराइपत्ति नै फेरि लक्ष्मी गाईको रुपमा जन्म लिई पुनः रमण महर्षिको सान्निध्यमा आइन् भन्ने तथ्य रमण महर्षिले पनि कहिल्यै नकार्नुभएन । एउटा आश्चर्यजनक संयोग यो छ कि किराइपत्ती आफ्नो जन्मथलो भेलोर जिल्लाको गुडियातम् सहरबाट तिरुवन्नामलई आएकी थिइन् । लक्ष्मीले फेरि जन्म त्यही सहरमा लिएकी थिई । गुडियातम् जिल्लाकै किसानको गोठमा लक्ष्मीले जन्म लिनुभन्दा केही दिनअघि सो किसानले सपनामा बाछी जन्मेपछि उसलाई रमण महर्षि आश्रममा पु¥याइदिने स्वप्नआज्ञा पाएका थिए ।

रमण महर्षिका सान्निध्यमा चार वटा जनावरले सिधै मनुष्य जुनीमा नजन्मिकनै मोक्ष प्राप्त गरे । रमण महर्षिको आश्रममा ज्याकी नाम गरेको कुकुरको, कागको, वल्ली नाम गरको मृगको समाधि अहिले पनि छ ।

एक पटक महर्षि घुम्न निस्किनु भएको थियो, एउटा कुकुर एक्कासि झाडीबाट महर्षिलाई चिनेझैँ गरेर अघि आएर पुच्छर हल्लाउन थाल्यो र महर्षि अघि बढेपछि ऊ पछिपछि लाग्यो र त्यस दिनदेखि उसले रमणको सान्निध्य छोडेन । उसको नाम करुप्पन थियो । झाडीको पछाडि लुकेर बस्ने एकान्तप्रिय उसको स्वभाव थियो । उसमा प्रवल वैराग्य थियो । हप्काउने, दुव्र्यवहार गर्ने व्यक्तिको नजिक आउँथेन ।

पछि ऊ आश्रममै आएर बस्न थाल्यो । उसमा ठूलो परिवर्तन आयो, पूर्व उदासिनता छोडेर ऊ सबैको प्रेम पात्र भयो । आश्रममा भोजन वितरणको बेलामा ऊ अन्य साधक र आगन्तुकजस्तै धैर्यपूर्वक लाइनमा लागेर भोजन गथ्र्यो । समझदारीपूर्ण उसको व्यवहारका कारण सबैले उसलाई माया गर्थे । एक पटक एक कट्टर ब्राह्मण त्यहा“नजिकै भएको बेलवृक्षमुनि मन्त्र साधना गर्न बसेछन् । उनी कुकुरलाई अपवित्र ठान्थे र उसलाई नजिक आउन दिँदैनथे । ती ब्राह्मण प्रतिको आदरभावको कारण एक आश्रमबासीले करुप्पनलाई डण्डाले कुटेछन् । करुप्पन व्रmन्दन गर्देै कतै लाग्यो, पुनः आश्रममा कहिल्यै फर्केन । उसको धेरै खोज गरियो तर कतै देखिएन । आत्मसम्मानको गहिरो बोध भएको करुप्पनलाई मनुष्यको दुव्र्यवहार सहन भएन । ऊ मानौँ कतै बिलायो कहीं भेटिएन ।

‘यहा“ आउने कुनै पनि जनावरलाई दुव्र्यवहार नगर्नू । हेर्दा जनावर देखिए पनि हामीलाई थाहा ह“ुदैन कि त्यो शरीरमा कस्तो आत्माले निवास गरिरहको छ,’ भनी महर्षि सबैलाई सम्झाउनुहुन्थ्यो । तर शिष्य त शिष्य नै हुन्छन् । एक पटक त्यही आश्रममा बस्ने एक कुकुरले अलिक चञ्चल व्यवहार गरेछ । एक भक्तले खुब हप्काएछन् । त्यो कुकुर नजिक रहेको शंखतीर्थम् सरोवरतिर दौडेछ । केही क्षणपछि त्यही सरोवरमा उसको मृत शरीर तैरिरहेको देखियो । सायद उसको आत्मसम्मानमा यति चोट लाग्यो कि बाँच्न स्विकार गरेन । जनावरहरुका लागि असम्भव हुने अनौठा व्यवहार जनावरले रमण आश्रममा गर्थे ।

त्यस्तै आश्रममा एक कुकुर कमला थिई । रमण महर्षिस“ग उसको विशेष सम्बन्ध थियो । कुनै नया“ आगन्तुक आयो भने महर्षि उसलाई आश्रम घुमाइदिन अ¥हाउनु हुन्थ्यो । पर्वत घुमाइदिन, गुफा देखाइदिन, जे जे देखाइदिन महर्षिले त्यो कमलालाई अ¥हाउनु हुन्थ्यो, पाएको निर्देशानुसार नै आगन्तुकलाई घुमाउँथी । उसको यो उच्च संवेदनशील व्यवहार अनुपम थियो ।

रमण मौन बस्नुहुन्थ्यो । त्यसैले जनावरहरुस“ग बिना शब्द प्रत्यक्ष उहा“को सम्वाद हुन्थ्यो । बा“दरहरूको ठूलो समूह त्यहा“ बस्थ्यो । उनीहरु बेलाबेलामा झगडिरहन्थे । रमण महर्षि भन्नुहुन्थ्यो, ‘यिनीहरुको झगडा पनि कहिलेकाही मैले मिलाइदिनुपर्छ ।’ हुन पनि बा“दरहरु झुण्डका झुण्ड महर्षि कहा“ आफ्नो समूहको गुनासो लिएर आउँथे । महर्षि दुवै पक्षको कुरा सुनेर कुन समूहको गल्ती हुन्थ्यो, त्यसलाई गाली गर्दै अब आइन्दा यसो नगर्ने चेतावनी दिनुहुन्थ्यो । जुन समूहले चेतावनी पाउँथ्यो ऊ झुकेर महर्षिका कुरा सुन्थ्यो र बिस्तारै फर्किन्थ्यो भने अर्को समूह न्याय पाएकामा हर्षोल्लास मनाएझैं हल्लीखल्ली गर्दै जंगलतिर लाग्थे । यसरी रमण महर्षि जनावरहरुको न्यायाधीश बनेर उनीहरुको समस्याको छिनोफानो गरिदिनुहुन्थ्यो । जनावरले पनि उहा“को निर्णय मान्थे ।

आश्रमको नजिकै एक एउटा सानो तलाउ थियो । त्यहा“ एक चितुवा पानी खान आउँथ्यो । यसबाट सबैजना त्रस्त थिए तर महर्षि भन्नुहुन्थ्यो– उसले आउनुभन्दा अघि दहाडेर मलाई खबर गर्छ कि ऊ पानी पिउन आउँदैछ । त्यो चितुवा पानी पिइसकेपछि फेरि एक दहाड मारेर जंगलमा लुप्त हुन्थ्यो । ‘म अब गए“ भनेर उसले आवाज दिन्छ । उसले कसैलाई बिगार गर्दैन नडराउनू’ भनी रमण महर्षि सबैलाई सम्झाउनु हुन्थ्यो ।

समाधि भएको कागको पनि अनौठो कहानी छ । एउटा काग रमण महर्षिको दर्शन गर्न बारम्बार आउँथ्यो । रमणको नजिक आएर बसिरहने उसको सत्संगनिष्ठा अनुपम थियो । ऊ रमण महर्षिको हातबाट मात्र खान्थ्यो । एक पटक धेरै लामो समयसम्म ऊ हलचल नगरी एक स्थानमा बसिरह्यो । उसले वरिपरिको वातावरणप्रति खासै उत्सुकता देखाएन । त्यो कागको अन्तिम समय आएको रहेछ र बिरामीले थला परेको रहेछ । त्यो थाहा पाएर रमण महर्षि हेर्न आउनुभयो र उसलाई हातमा लिएर बस्नुभयो । केही क्षणपछि उसले महर्षिकै हातमा प्राण त्याग्यो ।

रमण महर्षिले भन्नुभयो, ‘यो प्राणी कागको शरीरमा ठूलो ऋषि थियो । अब मुक्त भयो ।’ यसरी महर्षिको प्रेम र अनुरागको भागी मनुष्य मात्रै थिएनन्, अरुणाचलको विरान पर्वतमा बास गर्ने सबै खाले जनावर– बा“दर, कुकुर, लोखर्के, मयूर, सर्प, गाई, काग, बिरालो सबै थिए । जनावरहरु आफ्नो निसर्गमा निर्मल हुन्छन् र उनीहरुबाट मनुष्यले धेरै सिक्न सक्छन् भन्ने प्रेरणा महर्षिले आफ्नै व्यवहार र जीवनचर्याबाट दिनुहुन्थ्यो ।

 

प्रकाशित: ४ मंसिर २०७३ ०३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App