रगतको अभाव

बिहिबार, २६ भदौ २०७६, ०९ : १७ नागरिक

राजविराज – सप्तरीको राजविराजस्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ। “गर्मीसँगै रक्तदान कार्यक्रम कम हुँदै गएकाले रगतको अभाव भएको केन्द्रका इन्चार्ज नवीनकुमार झाले बताए।

रगत अभाव परिपूर्ति गर्न साटासाट प्रणाली लागू गरे पनि यहाँ रगत अभाव रहेको उनले बताए। बढ्दो गर्मी र बिरामीको आवश्यकता अनुसारको रगत नहुँदा प्रत्येक दिन समस्या हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ।

अहिले रगत लिन आउने बिरामीका आफन्तहरुसँग रगत लिएर बिरामीको आवश्यकतालाई पूरा गरिरहेको उल्लेख गर्दै उनले ब्लड ग्रुपअनुसार सोही परिमाणमा रगत उपलब्ध गराउने गरे पनि बिरामीको चापले यहाँ रगतको अभाव देखिन थालेको बताए।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दैनिकजसो पाँच/सात युनिट रगतको माग रहेको जानकारी गराउँदै इन्चार्ज झाले रगत अभाव पूर्ति गर्नका लागि रक्तदान कार्यक्रम सञ्चालन गर्न जिल्लास्थित विभिन्न सङ्घसंस्थालाई आह्वान गरेका छन्।(रासस)








यसमा तपाईको मत

अन्य समाचार

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

निःशुल्क सेवा प्रदान

निःशुल्क सेवा प्रदान

चितवन कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले संविधान दिवसका अवसरमा बिहीबार बहिरङ (ओपिडी) तर्फको टिकट निःशुल्क...

महिन्द्रा उत्सव योजना सार्वजनिक

महिन्द्रा उत्सव योजना सार्वजनिक

महिन्द्रा अटोमोबाइल्स तथा ट्याक्टरको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले महिन्द्रा उत्सव योजना सार्वजनिक गरेको छ । ...

कामना सेवाकोे ओडी कार्ड

कामना सेवाकोे ओडी कार्ड

कामना सेवा विकास बैंकले ओभर ड्राफ्ट कार्डबाट सेवा सुरु गरेको छ । ...

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

Ncell Footer Ad