८ वैशाख २०८१ शनिबार
समाज

शुभम र तेन्जिङको राष्ट्रिय कीर्तिमान

काठमाडौं – नवौं राष्ट्रिय पौडी च्याम्पियनसिपमा बुधबार शुभम  श्रेष्ठ र  तेन्जिङ नामडोल रायनले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी कम्प्लेक्समा सञ्चालित प्रतियोगिताको दोस्रो दिन शुभमले ५० मिटर ब्रेस्टस्ट्रोक र तेन्जिङले २ सय मिटर ब्याकस्ट्रोकमा कीर्तिमानसहित स्वर्ण जितेका हुन्।

शुभमले बुधबार ३१.७५ सेकेन्डको समय निकाल्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरे। शुभमको नाममा ३२.१९ सेकेन्डको समय थियो। यसै विधामा बुधबार दीपंकर अवालेले रजत जित्दा विकास कुमालेले कांस्य पदकमा चित्त बुझाए। दीपंकरले ३३.५३ सेकेन्ड र विकासले ३४.८४ सेकेन्ड समयमा ५० मिटर ब्रेस्टस्ट्रोक पार गरेका थिए। यता, तेन्जिङले भने २ सय मिटर ब्याकस्ट्रोकमा २ मिनेट ३०.२२ सेकेन्डको समय निकाल्दा राष्ट्रिय कीर्तिमान बन्न पर्याप्त भयो। यस विधामा शिरीष गुरुङको नाममा २ मिनेट ३४.१७ सेकेन्डको कीर्तिमान थियो।

बुधबार २ सय मिटर ब्याकस्ट्रोकमै नासिर हुसेनले रजत र दिलीप थापामगरले कांस्य पदक जित्न सफल भए। नासिरले २ मिनेट ३४.४४ सेकेन्ड र दिलीपले २ मिनेट ५९.७२ सेकेन्डको समय निकाले। २ सय मिटर बटरफ्लाईमा नासिर हुसेनले स्वर्ण पदक जित्दा २ मिनेट ३२.२१ सेकेन्ड समय लगाए। अनुभव सुब्बाले रजत जित्दा २ मिनेट ३२.७२ सेकेन्ड र इर्भिन श्रेष्ठले दुई मिनेट ५६.३७ सेकेन्डका साथ कांस्य पदकमा चित्त बुझाए।

महिला दुई मिटर ब्याकस्ट्रोकमा अनुस्का पोख्रेलले २ मिनेट ५७.६३ सेकेन्ड समयका साथ स्वर्ण जितिन्। सोही विधामा शिक्षा श्रेष्ठले रजत र दिया स्थापितले कांस्य जिते। शिक्षाले ३ मिनेट ०२.६० सेकेन्ड र दियाले ३ मिनेट ०७.७२ सेकेन्डको समय निकालेका थिए। महिलाकै ५० मिटर ब्याक स्ट्रोकमा इसाबेला मर्फीले स्वर्ण, अनुष्का पोख्रेलले रजत र समीरा शोभा थापाले कांस्य पदक जिते।

प्रकाशित: २६ भाद्र २०७६ ०३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App